काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबारमा कोभिड अगाडि र पछाडि आकाश जमिनको फरक देखिएको बताएका छन् ।
गभर्नर अधिकारीले असार एक महिनामा ४२ लाख वटा कारोबारमा १५ अर्बको बराबरको क्युआर कोडमार्फत मात्रै कारोबार भएको बताए । उनले कनेक्ट आइपिएस ,आइपिएस डिजिटल पेमेन्ट,वालेट र मोबाइल बैंकिङको कारोबार व्यापक भएको बताए ।
गभर्नर अधिकारीले गत कात्तिक महिनाको १ गते ७ सय २८ अर्बको कारोबार रहेकोमा त्यो कारोबार ६ सय १० अर्ब मात्रै रहेको बताए । ‘कात्तिकदेखि भदौसम्ममा १२८ अर्ब क्यास कारोबार घटेको छ, क्युआर,मोबाइल बैंकिङ कारोबार बढ्नु डिजिटलाइजेसनको प्रभाव हाे,’ उनले भने ।
गभर्नर अधिकारीले नेपालले डिजिटल कारोबारमा ठूलो फड्को मारेको तर याेसँगै जोखिम पनि धेरै रहेको बताए ।