काठमाडौं । आइएमईले सेवाग्राहीहरूलाई लक्षित गर्दै दशैं अफर सार्वजनिक गरेको छ । यस अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनाले सामसुङ मोबाइल प्राप्त गर्नेछन् ।
साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनाले २५ हजार र त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेता १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
बुधबार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो ।
कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कूल ९ हप्ता अर्थात ६३ दिन लागु हुने ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिने र नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिने उनले बताए ।