अक्सिजन बिनै हिमाल चढ्दै पूर्णिमा श्रेष्ठ, नेपाल लाइफले गर्यो सहकार्य
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमाल आरोहरणम गर्न लागेकी ओरोही पूर्णिमा श्रेष्ठसँग सहकार्य गर्ने निर्णय गरेको छ । सो सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि सगरमाथासहित नेपालको ८००० मिटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढी सकेकी श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नु गरे । र, ओरोही पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे बताइन् । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन् ।
कुमारी बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिकमा विशेष छुट, कुनमा कति ?
काठमाडौं । कुमारी बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रा.लि.बीच सम्झौता भएको छ । दुई कम्पनीबीच बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत, प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, एक्स-रेमा १० प्रतिशत, र औषधी शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । कुमारी बैंकले १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।
आर्जन बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित भएको छ । शनिबार ललितपुरको हेरिटेज गार्डेनमा भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । चुक्ता पूँजी ३ करोड ३७ लाख ३९ हजार ७ सय रहको संस्थाले आव ०७८/०७९ मा १ करोड ४ लाख ३८ हजार ५सय ७ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७७/०७८ मा यस्तो नाफा ८३ लाख ५६ हजार ६सय पन्ध्र रुपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा झण्डै २५ प्रतिशतले बढी हो । कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले आफ्नो मन्तव्य राख्दै सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै यहि साउन १९ गतेबाट महानगरपालिकाले लागु गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि ब्याज नलिन आग्रह गरे । उनले आर्जन को–ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरे । सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष रञ्जित कुमार पोदार, उपाध्यक्ष समिर महर्जन, लेखासमितिका संयोजक नवराज भुसाल लगायतले मन्तव्य राखेका थिए । संस्थाले ०७९ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका ९ जना छोराछोरीलाई मायाको चिनो र नगद दिई सम्मान गरेको थियो । त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने दुईजना शेयरधनी र संस्थामा ५ बर्ष भन्दा बढी लगातार कार्यरत कर्मचारीलाई पनि मायाको चिनो दिएर सम्मान गरिएको थियो ।