काठमाडौं । कुमारी क्यापिटलको प्रस्तावित नगद लाभांश पारित भएको छ । भदौ २० गते सम्पन्न क्यापिटलको वार्षिक साधारण सभाले प्रस्तावित ५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
यससँगै, लगानीकर्ताले ४० करोड चुक्ता पुँजीको ५ प्रतिशत अर्थात २ करोड रुपैयाँ बराबरको नगद लाभांश (करसहित) पाउने छन् ।
क्यापिटलको चौथो वार्षिक साधारणसभा टंगालस्थित कुमारी बैंकको केन्द्रिय कार्यालयमा सम्पन्न भएको थियो । उक्त सभामा कम्पनिको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारीत भयो ।
सभामा कम्पनीले आगामी दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजी बजारको विकासमा उल्लेखनिय योगदान पुर्याउने विश्वास दिलाएको छ ।