नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वोर्कसप’ सम्पन्न
काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सकाे तीन दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वाेर्कसप’ सम्पन्न गरेकाे छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । पोखरामा सम्पन्न भएको कार्यक्रममा विभागिय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायबाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा जानकारी गराएका थिए । सम्मेलनमा सहभागी कर्मचारीहरुलाईे चर्चित संचारकर्मी एवं मिस नेपाल सुगारिका केसीले व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण प्रदान गरेकी थिइन् भने नेपाल पूर्नबीमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जोखिमाङ्कन प्रक्रृयाको महत्वको बारेमा जानकारी दिएका थिए । साथै, वर्कशपमा कम्पनीका विभागिय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरुलाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।
कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा ‘वे टु लिस्टिङ्ग’ शुरु
काठमाडौ । कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा अन्तगर्त ‘वे टु लिस्टिङ्ग’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यस सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन पुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनसंरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ । साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजारमा सुचिकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ । यस सेवाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्र बोर्डको नितिलाई समेत सहयोग पुर्याउने क्यापिटलले जनाएकाे छ । क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत निम्न कार्यहरु गर्नेछ- – व्यवसायिक तथा वित्तिय योजनाको तयारी – वित्तिय तथा संगठनात्मक पुनर्संरचना – वित्तिय श्रोत जुटाउन सहयोग – कम्पनि मुल्याङ्कन, तथा परीयोजना मुल्याङ्कन – प्रबन्धपत्र तथा नियमावली संशोधन – आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मुल्याङ्कन – व्यवस्थापकिय परामर्श
प्रभु क्यापिटलका ग्राहकलाई गोल्ड जिममा तीन महिनासम्म ३० प्रतिशत छुट
काठमाडौं । प्रभु क्यापिटलले बियन्ड फिट प्राइभेट लिमिटेड सम्झौता गरेको छ । क्यापिटलले डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकलाई छुट दिन बियन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड जिम) सँग सम्झौता गरेको हो । भदौ १९ गते आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउनेछन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ । यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको क्यापिटलका हितग्राही ग्राहकले छूट समझौताको मितिदेखि तीन महिनासम्म लिन सक्ने कम्पनीले जनाएको छ । अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको यो गोल्ड जिमको स्थापना १९६५ मा सेन्टर भेनिस, क्यालिफोर्नियामा भएको हो । यसले आफ्नो फिटनेस प्रोफाइल विश्वको धेरै स्थानमा विस्तार गरेको छ ।