समृद्धि फाइनान्सको इटहरी शाखा कार्यालय उद्घाटन

<p>काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखाको रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन गरेको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सोमबार इटहरी शाखा कार्यालयको उद्घाटन गरेका छन् । फाइनान्सले चाँडै नै सातौं र आठौ शाखाको रुपमा बनेपा र जनकपुर शाखाको पनि उद्घाटन गर्ने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबन्ध अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखाको रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन गरेको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सोमबार इटहरी शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

फाइनान्सले चाँडै नै सातौं र आठौ शाखाको रुपमा बनेपा र जनकपुर शाखाको पनि उद्घाटन गर्ने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबन्ध अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् ।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

Share News