गोर्खाज फाइनान्सका अध्यक्ष राईले लिए शपथ

<p>काठमाडौं । गोर्खाज फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले शपथ लिएका छन् । मंगलबार वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टसँग उनले शपथ लिएका हुन् ।  । फाइनान्सका सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले पदबाट राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले निर्वतमान अध्यक्ष गौरव बुढाथोकीको [&hellip;]</p>

काठमाडौं । गोर्खाज फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले शपथ लिएका छन् । मंगलबार वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टसँग उनले शपथ लिएका हुन् ।  ।

फाइनान्सका सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले पदबाट राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले निर्वतमान अध्यक्ष गौरव बुढाथोकीको प्रस्तावमा राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

गोर्खाज फाइनान्सले हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा संचालन गरिरहेको छ ।

Share News