एनएमबि र फ्लाईवायरबीच सम्झौता, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै

काठमाडौं । एनएमबि बैंकले फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय सम्झाैता गरेको छ । बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाईवायर सम्झाैता गरेकाे हाे । यो सम्झाैतासँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १७ सयभन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सकिनेछ । अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त रहेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् । उनले यस सुम्झाैताले ग्राहकलाई सजिलाे बनाइदने विश्वास व्यक्त गरे ।  

मूल्यवृद्धि ८.५६ प्रतिशत पुग्यो, विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब

काठमाडौं । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ । यस्तै, २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११७६ अर्ब ८४ करोड कायम भएको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु आयात २७।५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो ।

चीनका बैंक संकटमा पर्दा निक्षेपकर्ताको बिजोक, ‘मेरो बचत फिर्ता गर’ भन्दै हजारौं सर्वसाधारण सडकमा

एजेन्सी । चीनमा निक्षेप फिर्ताको माग गर्दै सर्वसाधारणहरु लामो समयदेखि सडकमा उत्रिएका छन् । आफुहरूले बैंकमा निक्षेपका रूपमा राखेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै उनीहरू सडकमा उत्रिएका छन् । आइतबार मात्रै हजारौं निक्षेपकर्ता चीनको केन्द्रिय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को अगाडि प्रदर्शन गरेका थिए । उनीहरुले ‘मेरो बचत फिर्ता गर’ भन्दै विरोध गरेका हुन् । उनीहरुले विशेष गरेर चीनको हेनान प्रान्तमा ४ वटा साना ग्रामिण बैंकहरू विरुद्द विरोध गर्दै आएका छन् । हेनान प्रान्तका युझाउ सिनमिन शेङ भिलेज बैंक, शाङ्काई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल ग्रामिण बैंकले निक्षेप फिर्ता नदिएको उल्लेख छ । साना चार वटा ग्रामिण बैंकहरूले निक्षेप अरबौं रकम निक्षेप फिर्ता नगरेको भन्दै उनीहरू तीन महिनादेखि विरोधमा रहेको बताइएको छ । पछिल्लो समय चीनका साना ग्रामिण बैंकहरु समस्यामा भएको कारणले निक्षेप फिर्ता गर्न नसकेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार १० लाख निक्षेपकर्ताहरूले आफ्नो निक्षेप फिर्ता पाउन सकेका छैनन् । चार वटा बैंकहरुले अर्बौं मिलियन युआन फिर्ता गर्न बाँकी छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण बैंकहरु समस्यामा पर्दा निक्षेप नै फिर्ता गर्न नसकेको उल्लेख अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका हुन् । केही बैंकहरूले यही बिचमै अनाधिकृत रूपमा र उच्च ब्याजदरमा बचतका स्कीम ल्याउँदा अहिले बचत फिर्ता गर्न नसकेको पनि बुझिएको छ । बैंकहरुले अधिकांश लगानी घरजग्गामा गर्दा र कोभिडको समयमा घरजग्गा व्यवसाय संकटमा पर्दा बैंकहरुलाई समस्या सिर्जना भएको उल्लेख छ । अहिले चिनीयाँ बैंकहरुको खराब कर्जाको अनुपात बढेको बताइएको छ । ती चारवटै बैंकहरुको सेयरधनी हेनान न्यू फर्च्यून समूह हो । सो समूहले निक्षेपकर्ताको रकम फिर्ता नदिनुको कारण पटक–पटक परिवर्तन गर्दै आएको छ । ती बैंकहरुले कहिले बैंकलाई प्रणालीमा मर्मतसम्भार गर्नु परेको, कहिले ठगी भएको बताउँदै आएको छ भने कहिले आर्थिक संकटले निक्षेप फिर्ता दिन नसकेको बताउँदै आएको छ । पछिल्लो समय तरलताको अभावले नेपाली बैंकहरु पनि समस्यामा छन् । नेपाली बैंकहरुले पनि निक्षेप तान्नतकै लागि उच्च ब्याजदरमा निक्षेपका बिभिन्न स्कीम ल्याइरहेका छन् ।