नबिल बैंकको कार्यक्रममा किन सहभागी भएन राष्ट्र बैंक ?

<p>काठमाडौं । नेपाल बंगलादेश बैंकलाई नविल बैंकले प्राप्ति गरेपछि २७ गते ‘नबिल बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुभारम्भ भयो । एकिकृत कारोबारको औपचारिक उद्घाटन समारोह काठमाडौंको सबैभन्दा ठूलो पाँच तारे होटल ह्यात रिजेन्समा आयोजना गरिएको थियो । यो कार्यक्रम बैकिङ क्षेत्रको लागि धेरै कोणबाट महत्वपूर्ण थिए । मुख्य प्रवद्र्धक विदेशी रहेका, स्वस्थ्य अवस्थामा चलिरहेको [&hellip;]</p>

काठमाडौं । नेपाल बंगलादेश बैंकलाई नविल बैंकले प्राप्ति गरेपछि २७ गते ‘नबिल बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुभारम्भ भयो । एकिकृत कारोबारको औपचारिक उद्घाटन समारोह काठमाडौंको सबैभन्दा ठूलो पाँच तारे होटल ह्यात रिजेन्समा आयोजना गरिएको थियो ।

यो कार्यक्रम बैकिङ क्षेत्रको लागि धेरै कोणबाट महत्वपूर्ण थिए । मुख्य प्रवद्र्धक विदेशी रहेका, स्वस्थ्य अवस्थामा चलिरहेको नेपालका पुराना दुई ठूला बैंक मर्ज हुनु र एकिकृत कारोबार हुँदै गर्दा धेरै सूचकाङ्कमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित हुनुले यसको विशेष महत्व छ ।
तर यति धेरै महत्वको कार्यक्रममा नेपाल राष्ट्र बैंकका अधिकारीहरु सहभागी भएनन् । औचारिक उद्घाटन समारोहमा गभर्नर, डेपुटी गभर्नर वा विभागीय प्रमुख कोही पनि सहभागी भएनन् ।

यसअधिका अधिकांश मर्ज तथा एक्विजिशनपछिको एकिकृत कारोबार कार्यक्रममा प्रमुख अथिति गभर्नर हुन्थ्यो । गभर्नर भन्दा पनि माथिल्लो पदमा सरकारी उच्च पदस्थ व्यक्ति प्रमुख अथिति हुँदा गभर्नर विशेष अथिति हुन्थ्यो । गभर्नर नेपाल बाहिर रहेको अवस्थामा कामु गभर्नरको रुमा डेपुटी गभर्नर यस्ता कार्याक्रममा सहभागि हुदै आएका थिए ।

उद्घाटन समारोहमा मुख्य अथिति मुख्य सचिव शंकर बैरागी थिए । सरकारी निकायबाट उनी मात्र सहमागी भएको थिए । नियामक निकाय धितोपत्र बोर्डका प्रतिनिधिले पनि उक्त कार्यक्रममा भाग लिएनन् ।

चेम्बर अर्गनाइजेश प्रतिनिधिहरुको पनि फिक्का उपस्थिति थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्ल सहभागी भएनन् ।

महासंघको उपाध्यक्ष रामचन्द्र संघाई, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, चेम्बरबाट उपाध्यक्ष कमलेश कुमार अग्रवाल सहभागी भए । बैंक तथा वित्तीय परिसंघकाे अध्यक्ष पवन गाेल्यान, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय पनि सहभागी थिए ।

एकिकृत कार्यक्रममा राष्ट्र बैंकको नेतृत्व सहभागी नहुनुलाई धेरैले अर्थपूर्ण भनेका छन् । कार्यक्रममा सहभागीहरुले गभर्नर किन आएनन् भनेर कानेखुशी गर्दै थिए । हलमा अनेक अडकलबाजीबारे साइट टक चलिरहेको थियो ।

राष्ट्र बैंकका गभर्नरसहित उच्च तहको नेतृत्वलाई निम्ता भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए । राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले पनि कार्यक्रममा निम्ता भएको बताए ।

तर यति महत्वपूर्ण कार्यक्रम राष्ट्र बैंकले किन बहिस्कार गर्यो छ ? यस प्रश्नमा दुबै बैंकको अधिकारीहरुले प्रष्ट कुरा बताएनन् ।

राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले बहिस्कार गरेको भन्न नमिल्ने बताए । ‘हामीले दुई बैंकलाई मर्जरमा जान स्वीकृत दिएको हो, दुई बैंक नियमसंगत ढंगले मर्ज भएका हुन्, त्यसमा राष्ट्र बैंकले बहिस्कार गरेको भन्ने होइन, हामी कामको व्यस्तताले गर्दा कार्यक्रममा नगएको हो,’ प्रवक्ता डा. भट्टले विकासन्युजसँग भने । रात्रीभोजमा भने डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी भएका थिए ।

Share News