नबिल बैंक नाफामा थप नम्बर वान हुन्छ, कर्मचारीबीच भेदभाव हुँदैन : अध्यक्ष पौडेल

<p>काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंक अझै नाफामा नम्बर वान हुने बताएका छन् । सोमबार नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले एनबी बैंक मर्जर पछि बनेको नबिल बैंक नाफमा थप अब्बल हुने बताएका हुन् । ‘मर्जरपछि नबिल बैंक सुदृढ भएको छ, अब नाफा झन बढ्नेछ, सिनर्जी ल्याउनेछ,’ उनले [&hellip;]</p>

काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंक अझै नाफामा नम्बर वान हुने बताएका छन् । सोमबार नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले एनबी बैंक मर्जर पछि बनेको नबिल बैंक नाफमा थप अब्बल हुने बताएका हुन् ।

‘मर्जरपछि नबिल बैंक सुदृढ भएको छ, अब नाफा झन बढ्नेछ, सिनर्जी ल्याउनेछ,’ उनले भने ।

साथै, बैंक नाफामा मात्रै नभई लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार रहेको उनको भनाई छ ।

‘हामी नाफामा मात्रै होइन, लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार छौं, सुचकमा ठूलो मात्रै होइन बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

त्यस्तै,संस्थागत सुशासन तथा सेवा सुविधा अवलम्बन गरेर अगाडि बढेर दीगो बैंकिङको अभ्यास गर्दै आएको नबिल बैंक आफ्नो लक्ष्यप्रति पनि अडिक रहेको उनको दावी छ ।

उनका अनुसार न्यून कार्वन अर्थतन्त्रका लागि ग्रिन फाइनान्सिङमा पनि लगानी बढाउने नबिल बैंकको योजना छ ।

साथै, अध्यक्ष पौडेलले मर्जरपछि बैंकका कर्मचारीप्रति भेदभाव नहुने बताउँदै त्यसको लागि बैंकको टिमलाई निर्देशन गइसकेको समेत जानकारी गराए ।

Share News