कुमारी बैंकले ल्यायो आकर्षक मुद्दती निक्षेप योजना, साढे २१ वर्षमा रकम दश गुणा
काठमाडाैं । कुमारी बैंकले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजनाहरु ल्याएकाे छ । बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना ल्याएकाे हाे । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई लक्षित गरेर ल्याइएकाे बैंकले जनाएकाे छ । सो निक्षेप योजना अनुसार व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ्ग प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्नेे हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधकोे स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ । नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै व्यक्तिगत एवं संस्थागत मुद्धतीमा उच्चतम ब्याजदर दिने मध्येमा यी योजनाहरु पर्ने बैंकले जनाएकाे छ । आफ्ना १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४५ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न आफ्नो डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।
लण्डनमा ग्लोबल आइएमई बैंकको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा लण्डनमा अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ । बैंकले सोमबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए । कार्यक्रममा श्रृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरु, गैर आवाशीय नेपाली संघका प्रतिनिधिहरु तथा नेपाली समुदायको ठूलो सहभागिता रहेको थियो ।
सर्किट ब्रेकको पखाईमा सिभिल बैंकको सेयर, २१६ रूपैयाँसम्म पुग्न सक्ने
काठमाडौं । मंगलबार हिमालयन बैंकको अन्तिम सेयर प्रतिकित्ता २९९ रुपैयाँका दरले किनबेच भयो । सिभिल बैंकको सेयर प्रतिकित्ता १९६ रुपैयाँमा किनबेच भयो । दुई बैंकको सेयर मूल्य अन्तर प्रतिकित्ता १०३ रुपैयाँ छ । हिमालयन बैंकसँगको तुलनामा सिभिलको सेयर मूल्य ३४.४४ प्रतिशत कम छ । सम्बद्ध बैंक स्रोतका अनुसार हिमालयन र सिभिल बैंकबीच आपसमा मर्ज हुने सहमति भएको छ । सहमतिमा हस्ताक्षर र सार्वजनिक गर्ने कार्यक्रम आजै साँझपखको लागि तय भएको छ । मर्जको स्वाप रेसियो ८१ रुपैयाँ नै तय भएको छ । त्यो भनेको हिमालयन बैंकको तुलनामा सिभिल बैंकले १९ प्रतिशत कम मूल्य पाउनु हो । स्वाप रेसियोलाई आधार मान्दा हिजोको सेयर मूल्य हिमालयन बैंकको तुलनामा सिभिल बैंकको १५.४४ प्रतिशतले कम छ । १५.४४ प्रतिशतले सिभिल बैंकको सेयर मूल्य वृद्धि हुने हो भने प्रतिकित्ता २२६ रुपैयाँ हुन्छ । स्वाप रेसियोसँग बराबरी हुन आजै सिभिल बैंकको सेयर प्रतिकित्ता ३० रुपैयाँले बढ्नुपर्छ, हिमालयन बैंकको मूल्य घटेन भने । तर आज एकै दिन सिभिल बैंकको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँसम्मले बढ्न सक्दैन । एकैदिन बढीमा १० प्रतिशत मात्र सेयर मूल्य बढ्न पाउने नियम छ । त्यसैले आज सिभिल बैंकको सेयर मूल्य सर्किटब्रेक लागेर २१६ रुपैयाँमा कारोबार बन्द हुनसक्छ । मर्जबारे प्रकाशित समाचारका आधारमा सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्जले हिमालयन र सिभिल दुबै बैंकको सेयर कारोबार आजैदेखि रोक्का गरिदिन पनि सक्छ । सम्बन्धित समाचार हिमालयन र सिभिल बैंकबीच मर्ज गर्न सहमति