शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालनमा

काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको मणिग्राम र रुद्रपुर, कपिलवस्तुको जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखांचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङ्गजिल्लाको घोराही र कैलालीजिल्लाको अत्तरियामा एटिएम सञ्चालनमाल्याएको छ । बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध एटिएम मेसिनबाट डेबिट कार्डको प्रयोग गरी निःशुल्क रकम झिक्न सक्ने जनाएको छ । बैंकले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको व्यवस्था गरेको छ । यस बैंकले हाल ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकहरूलाई ‘क्लोजिङ’को चटारो, २४ दिनमा ९४ अर्बले निक्षेप बढाउँदा १९ अर्बले घट्यो कर्जा

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब चार दिन मात्रै बाँकी छ । बैंक तथा वित्तीय संस्थाहरु हिसाब–किताब मिलानमा व्यस्त छन् । बैंकहरु असार मसान्तमा सबै हिसाबकिताब गरेर चालु आर्थिक वर्षको वित्तीय विवरण ल्याउने तरखरमा छन् । नेपाल राष्ट्र बैंकले गरेको नियामकीय व्यवस्थालाई अवलम्बन गर्दै नाफा पनि नघट्ने किसिमले बैंकरहरु काम गरिरहेका छन् । कतिपय बैंकहरुले गल्ति गरेकै भएपनि नियामकीयको दृष्टिकोणमा गलत नदेखिन हिसाब–कताव मिलाएर सबै ठिकठाक पार्ने रणनीतिमा लागिरहेकपनि बुझिएको छ । यसअघि उल्लेख्य रूपमा निक्षेप संकलन गर्न नसकिरहेका वाणिज्य बैंकहरुले असारमा भने उल्लेख्य रुपमा निक्षेप संकलन गरेका छन् । लामो समयदेखि तरलताको अभाव भोगिरहेका वाणिज्य बैंकहरुले असार महिनाको २४ दिनमा करिब १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ९४ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप ९४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो । जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४४ खर्ब रुपैयाँ मात्रै थियो । एक साता अगाडि मात्रै बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३२ अर्ब रुपैयाँ थियो । तर, असार चौथो साता अर्थात २४ गते सम्म भने ६२ अर्ब रुपैयाँले बढेको हो । यस्तै वाणिज्य बैंकहरुको कर्जा लगानी भने एक महिनामा १९ अर्ब रुपैयाँले घटेको छ । गत जेठ मसान्तसम्म कुल ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले असार चौथो सातासम्म कुल ४१ खर्ब ७४ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । यस्तै, एक सातामा वाणिज्य बैंकहरुको कर्जामा १० अर्ब रुपैयाँ गिरावट देखिएको छ । यस्तै, वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.५७ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने व्यवस्था गरेको छ । आधा दर्जन बैंकहरुलाई भने ९० प्रतिशतको सीडी रेसियो कायम गर्न चुनौति नै देखिएको छ ।

गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पतालमा गर्याे वृक्षारोपण 

काठमाडौं । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको छ । बैंकले मंगलबार करिब २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपेको हो । बढ्दो जलवायू परिवर्तनलाई मध्यनजर गर्दै वृक्षारोपण गरेको बैंकले जनाएको छ । उक्त वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल उपस्थिती रहेको थियो । गरिमाविकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।