राष्ट्र बैंकले उत्पादनशील र ब्यापारिक क्षेत्रको कर्जाको ब्याजदर फरक–फरक ताेक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निश्चित उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले अब उत्पादनशील र ब्यापारिक क्षेत्रको कर्जाको ब्याजदर फरक–फरक हुने बताएका हुन् । यस्तै, उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने बताइएको छ । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरेको छ ।

५ करोडसम्मका ऋणीलाई राहत, ठूला ऋणी निगरानीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिन नीति मार्फत ५ करोडसम्मका ऋणिलाई केही राहात दिएको छ । तर ठूला ऋणिहरुलाई भने थप निगरानी गरिने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । बैंक तथा वित्तीय संस्थाबाट अधिकतम रु.५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनेछ, गभर्नर अधिकारीमा मौद्रिक नीति सार्वजनिक गर्दै भने । त्यस्तै, उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने भएको छ । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने उनले बतए । तर उनले ठूला ऋणिहरुमाथि राष्ट्र बैंकको निगरानी बढाइने बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गर्न लार्ज एक्पोजर फ्रेमवर्क तयार गरिनेछ । साथै, ठूला ऋणीहरुले बैंकिङ्ग प्रणालीबाट उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाइनेछ । विद्यमान एकल ग्राहक कर्जासम्बन्धी सीमालाई पुनरावलोकन गरिनेछ’ उनले भने । ठूला ऋणिलाई पनि सुविधाका प्याकेज रहेको अधिकारीले बताए । ‘निजी क्षेत्रलाई सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था मिलाइने’ उनले बताए ।

सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुकाे उपचारकाे लागि ४ लाख ८० हजार दिने

काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुकाे लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरुगाईले र अस्पतालको तर्फबाट प्रहरी अतिरिक्त महानिरिक्षक डा. आशा सिंहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारको लागि वार्षिक ४ लाख ८० हजार सहयोग पुर्याउनेछ । सानिमा बैंकले प्रत्येक नारी बचत खाता वापत बैंकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उदेश्यले नेपाल प्रहरी अस्पतालसँग सम्झौता गरेको बैंकले जनाएको छ ।