माछापुच्छ्रे बैंकले ३४.४३ प्रतिशत नाफा बढायो, वितरणयोग्य नाफा १.३२ अर्ब रुपैयाँ पुग्यो
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३४.४३ प्रतिशत बढेर २ अर्ब १६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत बढेर ५ अर्ब ७ करोड ६९ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३५ करोड १४ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा २६.७५ प्रतिशत बढेर ३ अर्ब १३ करोड ४० हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत बढेर १ अर्ब १६ करोड ३१ लख ३५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.९० प्रतिशत बढेर ६ अर्ब ५६ करोड ८० लाख ८६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ३.३१ प्रतिशत बढेर १ अर्ब ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर १० अर्ब २५ करोड ७१ लख ५५ हजार रुपैयाँ, जगेडा कोष २२.९० प्रतिशत बढेर ४ अर्ब ६८ करोड ३९ लाख ३५ हजार रुपैयाँ, निक्षेप १०.१९ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब २ करोड ६० लाख ४९ हजार रुपैयाँ र कर्जा १३.२० प्रतिशत बढेर १ खर्ब २८ अर्ब ५६ करोड २२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.७६ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ ।
सिटिजन्स बैंकले एक वर्षमा यसरी गर्याे प्रगति, नाफा २४.७६ प्रतिशत बढेपछि ईपीएस पनि बढ्यो
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.७६ प्रतिशत बढेर २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४०.२९ प्रतिशत बढेर ५ अर्ब १२ करोड १२ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६५ करोड ३ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २४.९४ प्रतिशत बढेर ३ अर्ब ६ करोड ७६ लाख ७४ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १५.५७ प्रतिशत बढेर ८६ करोड ९० लाख ७४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत बढेर ६ अर्ब ३९ करोड १६ लाख ७५ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ९.७५ प्रतिशत घटेर १ अर्ब ४२ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.९१ प्रतिशत बढेर १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ, जगेडा कोष २.१३ प्रतिशत बढेर ६ अर्ब ४४ करोड ५५ लाख १० हजार रुपैयाँ, निक्षेप ८.६५ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब ७९ करोड ८० लाख ९७ हजार रुपैयाँ र कर्जा १०.६८ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब ६१ करोड २४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । असारसम्ममा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १५ रुपैयाँ ८५ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।
प्रभु बैंकको नाफामा ५१.११ प्रतिशतको छलाङ, अधिकांश सूचकमा चम्कियो
काठमाडौं । प्रभु बैंक लिमिटेडकोे गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५१.११ प्रतिशत बढेर २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत बढेर ६ अर्ब १८ करोड २ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब २ करोड ३३ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ४७.७५ प्रतिशत बढेर ३ अर्ब ८४ करोड ६२ लाख ५० हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेर १ अर्ब २९ करोड ३२ लाख ४५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत बढेर ७ अर्ब ९४ करोड ६९ लाख २६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा भने ४.६६ प्रतिशत घटेर १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयँ, जगेडा कोष २३.८२ प्रतिशत बढेर ७ अर्ब १३ करोड ७१ लख १५ हजार रुपैयाँ, निक्षेप ८.३७ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ६५ करोड २१ लख ७१ हजार रुपैयाँ र कर्जा ८.०३ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.१७ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ ।