सेयर धितो कर्जामा जोखिम भार १५० प्रतिशत यथावत

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने ब्यवस्थालाई यथावत राखिएको छ । शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा २५ लाख रुपैयाँ भन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने ब्यवस्था यथावत राखिएको हो । ‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने ब्यवस्थालाई यथावत राखिएको छ । शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा २५ लाख रुपैयाँ भन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने ब्यवस्था यथावत राखिएको हो ।

‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १ सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ ।

कुनै बैंकसँग भएको स्वपुँजीले कतिसम्म ब्यवसाय गर्नसक्ने भनेर राष्ट्र बैंकले जोखिम वर्गीकरण गरेको हुन्छ । जसलाई जोखिम भार भनिन्छ । कुन बैंकको जोखिम भारित सम्पत्ति कति छ भनेर मापन प्रणली नै जोखिम भार हो ।

Share News