काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५५.६९ प्रतिशत बढेर ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशत बढेर १ अर्ब ५७ करोड ६० लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड १० लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ६०.०२ प्रतिशत बढेर ९७ करोड २ लाख २८ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १०.९८ प्रतिशत घटेर १५ करोड ३४ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १६.९२ प्रतिशत बढेर १ अर्ब ७८ करोड ५ लाख ८८ हजार रुपैयाँ र वितरण योग्य नाफा २९.२४ प्रतिशत बढेर ४७ करोड ९२ लाख २६ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३ प्रतिशत बढेर ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष ६.१५ प्रतिशत बढेर २ अर्ब ५३ करोड ५० लाख ६६ हजार रुपैयाँ, निक्षेप १७.८८ प्रतिशत बढेर ४२ अर्ब ८७ करोड ३९ लाख ७७ हजार रुपैयाँ र कर्जा २८.३३ प्रतिशत बढेर ३८ अर्ब ८ करोड १० लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसा बढेर २० रुपैयाँ ५७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.९३ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.५८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा रहेको छ ।