गरिमा विकास बैंकको मोबाईल बैंकिङ्ग एप स्तरोन्नति भई बन्यो ‘डिजि बटुवा’
काठमाडाैं । गरिमा विकास बैंकले मोबाईल बैंकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । यससँगै, अब यस विकास बैंकको मोबाईल बैंकिङ्ग एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ । ‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरी सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको बिल, ट्राफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, स्तरोन्नती पश्चात यस विकास बैंकको मोबाईल बैंकिङ्ग एप ‘डिजि बटुवा’ अझ बढि सुरक्षित एवं ग्राहकमैत्री भएको बैंकले जनाएकाे छ । यस विकास बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा पछिल्लो वर्ष पनि विना चेकबुक शाखाबाट मोबाईल बैकिङ्ग मार्फत पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।
पैसा नभएको बैंकको चेक काट्ने नुवाकोटका चन्द्र बहादुर पक्राउ, २६ लाख जरिवाना तिर्नुपर्ने
काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादी नुवाकोटका चन्द्र बहादुर सुनार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले ३६ वर्षिय सुनारलाई शनिबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । सुनारले निजलाई पैसा नभएको प्राइम कमर्सियल बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको असार ६ गते फैसला गर्दै सुनारलाई बैकिङ कसुर अन्तरगत २६ लाख रुपैयाँ जरिवानासहित एक दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।
एनआईसी एशिया बैंकले माग्यो कर्मचारी
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदमा केही मात्रामा कर्मचारीको माग गरेको छ । बैंकले शाखा प्रबन्धकका लागि विभिन्न तहमा कर्मचारी माग गरेको हो । बैंकले शाखा प्रबन्धककाे लागि अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर , डिप्युटी म्यानेजर र म्यानेजर तहमा कर्मचारी माग गरेको छ । बैंककाे अनुसार अफिसर तहकाे शाखा प्रबन्धकका लागि कम्तीमा पनि स्नातक उर्तिण भई ५ वर्षको अनुभवसहित ४० वर्ष ननाघेको हुनुपर्ने छ भने असिसटेन्ट म्यानेजरभन्दा माथिल्लाे तहकाे लागि स्नातककाेत्तर तह पुरा गरेकाे, सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव र ५० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएकाे छ । यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।