नेपाल एसबिआई बैंक युनीफाईड पेमेन्ट इन्टरफेस नेपालमा आवद्ध
काठमाडौं । नेपाल एसबिआई बैंकले गेट वे पेमेन्ट सर्भिससँग अन्तरआवद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपालको नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ । उक्त सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान अलम तथा गेट वे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् । बैकिङ प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्ड अनुरुपको सेवा प्रवाह गराउने विश्वसनीयताका साथ यस कम्पनीले अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बैंकले जनाएकाे छ । यस बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई धनगढीको माया मेट्रो अस्पतालमा १५ प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक र धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन । माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गर्दै आएको छ । मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।
अझै कर्जा दिन नसक्ने अवस्थामा यी ४ बैंक, प्रभु बैंकसहित ७ बैंकलाई सहज
काठमाडौं । अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव छ । बैंकहरुले कर्जा लगानीका लागि लगानीयोग्य रकम नपाइरहेको अवस्था छ । असार मासन्तमा धेरै बैंकहरुलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न पनि धौधौ भएको थियो । नयाँ आर्थिक वर्ष सुरु भएपनि अझै केही बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन् । नबिल, ग्लोबल आइएमई, कृषि विकास र मेगा बैंक अझै पनि कर्जा लगानी गर्न सक्ने अवस्थामा छैनन् । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अझै पनि नबिल बैंकको ८९.७९ प्रतिशत, ग्लोबल आइएमईको ८९.२१ प्रतिशत, कृषि विकासको ८९.१७ प्रतिशत र मेगा बैंकको ८९.०५ प्रतिशत सीडी रेसियो छ । प्रभु बैंक भने सहज अवस्थामा छ । प्रभुको सीडी रेसियो ७८.३५ प्रतिशत छ । सीडी रेसियोमा सहज अवस्थामा कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स, सिभिल र राष्ट्रिय वाणिजय बैंक पनि रहेका छन् । नेपाल राष्ट्र बैंकले ९० प्रतिशतको सीडी रेसियो हुनु पर्ने व्यवस्था गरेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम झन बढेकाे छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटिसकेको छ । नेपाल बैंकर्स संघका अनुसार साउनको तेश्रो साता (साउन २० गतेसम्म) मा बैंकहरुको निक्षेप ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो साताको तुलनामा ४ अर्ब रुपैयाँले घटी हो । गत असार मसान्तमा भने बैंकहरुमा यस्तो रकम ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको थियो । त्यस्तै, बैंकहरुको कर्जा लगानी भने अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साता ४१ खर्ब ६४ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब रुपैयाँ नाघेको छ । जुन असार मसान्तमा भने ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो । त्यस्तै, कर्जा लगानी बढेको बैंकहरुको औषत सीडी रेसियो भने घटेको छ । अघिल्लो साता ८७.९८ प्रतिशत रहेको बैंकहरुको औषत सीडी रेसियो यो साता थोरैले घटेर ८७.६९ प्रतिशतमा झरेको छ । निक्षेप घट्दै गएपछि बैंकहरुले लगानी गर्नका लागि रकमकाे अभाव भइरहेकाे हाे ।