महालक्ष्मी विकास बैंकले ल्यायो रकम डबल हुने योजना
काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ सार्वजनिक गरेको छ । बैंकको अनुसार मात्र १० हजार मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
एनआईसी, राष्ट्रिय वाणिज्य र सिद्धार्थबीच आरओईमा टक्कर, माछापुच्छ्रे र ग्लोबल आइएमईले पछ्याउँदै
काठमाडौं । २६ वटै वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुको ‘स्ट्रेन्थ’ कति छ भन्नको लागि हेर्ने गतिलो सूचक रिटर्नअन इक्विटी (आरओई) अर्थात सम्पत्तिमाथिको प्रतिफल हो । विभिन्न बैंकहरूले अर्बौं नाफा गरेको देखिए पनि उनीहरूले लगानी गरे अनुसारको कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्तिमाथिको प्रतिफल सूचक हो । अहिले २७ वटा वाणिज्य बैंकहरूमध्ये कतिपय १० अर्बको हाराहारीको चुक्तापुँजी भएका बैंकहरू छन् भने कतिपयले २३ अर्ब बढी चुक्तापुँजी पु¥याइसकेका छन् । बैंकहरूले यथार्थमा कति कमाए ? बैंकको स्ट्रेन्थ कस्तो छ ? भन्ने विषय थाहा पाउन आरओई नै सबैभन्दा अब्बल सूचक हो । लगानीमा कति प्रतिशत नाफा गरेको छ ? भनेर हेर्न रिटर्न अन इक्विटी नै हेर्नुपर्छ । सेयरधनीले बैंकमा गरेको कुल लगानीको प्रतिफल नै रिटर्न अन इक्विटी हो । रिटर्न अन इक्विटीमा सबैभन्दा अब्बल एनआईसी एसिया बैंक देखिएको छ । एनआईसी एसियासँगै राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ, माछापुच्छ्रे, ग्लोबल आईएमई बैंकबीच पनि आरओईमा प्रतिस्पर्धा देखिएको छ । यी बैंकहरुको आरओई क्रमशः २१.९४ प्रतिशत, १८.४५ प्रतिशत, १७.२२ प्रतिशत, १६.९१ प्रतिशत र १६.३० प्रतिशत छ । यी बैंकहरुसँगै एनएमबी, सानिमा, कुमारी, प्राइम कमर्सियल, प्रभु, सनराइज, स्ट्याण्डर्ड चार्टर्ड, मेगा र एनसीसी बैंकहरुले पछ्याइरहेका छन् । एनएमबी बैंकको आरओई १५.७५ प्रतिशत, सानिमाको १५.४८ प्रतिशत, कुमारीको १५.४५, प्राइमको १५.४२ प्रतिशत, प्रभुको १५.०८ प्रतिशत, सनराइजको १४.७६ प्रतिशत, स्ट्याण्डर्ड चार्टडको १४.३६ प्रतिशत्, मेगाको १४.०६ प्रतिशत र एनसीसीको १४ प्रतिशत छ । यस्तै, नेपाल इन्भेष्टमेन्टको १३.५४ प्रतिशत, सिभिलको १३.०२ प्रतिशत, हिमालयनको १२.६४ प्रतिशत, एभरेष्टको १२.६४ प्रतिशत, सेञ्चुरीको १२.५२ प्रतिशत, सिटिजन्सको १२.२४ प्रतिशत, बैंक अफ काठमाण्डूको ११.३१ प्रतिशत, नेपाल एसबिआईको १०.५९ प्रतिशत, नबिलको १०.४४ प्रतिशत, लक्ष्मीको १०.३४ प्रतिशत, नेपाल बैंकको १०.०४ प्रतिशत र कृषि विकास बैंकको ८.६६ प्रतिशत आरओई छ ।
प्राइम, इन्भेष्टमेन्ट र नबिल बैंकका कर्मचारीले पाउँदैछन् उच्च बोनस, अधिकतम् ५०% सम्म, कुनले कति दिँदैछन् ?
काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीहरुलाई औसतमा २५.७ प्रतिशत बोनस खुवाउने देखिएको छ । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार २६ वटा वाणिज्य बैंकहरुको औसत बोनस २५.७ प्रतिशत देखिएको हो । कर्मचारीलाई सबैभन्दा बढी बोनस खुबाउने बैंक प्राइम कमर्सियल हुने देखिएको छ । यस बैंकले ५१.८ प्रतिशत बोनस वितरण गर्ने देखिएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीहरुलाई ५८ करोड १८ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । यस्तै, दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीले बढि बोनस पाउने भएका छन् । यस बैंकका कर्मचारीले कुल ६४ करोड ७३ लाख रुपैयाँ बोनस पाउनेछन् । यस बैंकले कुल ५०.३ प्रतिशत बोसन वितरण गर्ने भएको हो । कर्मचारीलाई बढी बोनस वितरण गर्ने बैंकका रुपमा नबिल देखिएको छ । नबिल बैंकले कुल ७८ करोड ९३ लाख रुपैयाँ बोनस वितरण गर्ने भएको हो । बैंकले ४०.८ प्रतिशत बोसन वितरण गर्ने भएको छ । २६ वटा वाणिज्य बैंकहरुले कुल ११ अर्ब ८० करोड रुपैयाँ बोनस वितरण गर्न लागेका हुन् । बैंकहरुले गत आवमा कर्मचारीका लागि ४५ अर्ब ९१ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।