सानिमा बैंकले १५४ जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै

<p>काठमाडौं । सानिमा बैंकले १५४ जना विद्यार्थीलाई छात्रवृत्तिको दिने भएको छ । बैंकले एसईई उतिर्ण गरेका गरिब तथा विपन्न वर्गका १५४ जना विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने भएको हो । बैंकले हरेक वर्ष उपत्यका बाहिरका प्रत्येक शाखाबाट २ जना गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोही बमोजिम बैंकले २०७९ साल बैशाखमा [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले १५४ जना विद्यार्थीलाई छात्रवृत्तिको दिने भएको छ । बैंकले एसईई उतिर्ण गरेका गरिब तथा विपन्न वर्गका १५४ जना विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने भएको हो ।

बैंकले हरेक वर्ष उपत्यका बाहिरका प्रत्येक शाखाबाट २ जना गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोही बमोजिम बैंकले २०७९ साल बैशाखमा संचालित एसईई परीक्षा उत्तीर्ण गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो । बैंकको उक्त छात्रवृत्तिका लागि भाद्र ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले एक वर्षमा एक जना विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको छ । विद्यार्थीहरुलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न पाउनेछन् । बैंकले शैक्षिक संस्थामा लाग्ने शुल्क र शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार रुपैयाँ नगद वितरण गर्दै आएको छ ।

माध्यमिक तह (कक्षा ११/१२) अध्ययन गर्नका लागि शाखा कार्यालय रहेका स्थानका बासिन्दाहरुमध्येबाट गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुले आवेदन दिनुपर्नेछ ।

बैंकका हाल ९९ वटा शाखा कार्यालय रहेका छन् । जसमा उपत्यका भित्रमा २२ वटा शाखा र बाहिर ७७ वटा रहेका छन् । सोही बमोजिम एउटा शाखाबाट २ जनालाई दिँदा १५४ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

Share News