काठमाडौं । नेपाल एसबिआई बैंकको प्यारेन्ट बैंक भारतीय स्टेट बैंक फर्च्युन ग्लोबल ५०० शीर्ष कम्पनीहरुको सूचीमा १७ स्थान माथी चढ्दै २३६औं स्थानमा आएको छ ।
भारतीय स्टेट बैंकको सब्सिडायरी नेपाल एसबिआई बैंकले नेपालमा आफ्नो संचालनको गौरवशाली २९ वर्ष पूरा गरेको छ । नेपाल एसबिआई बैंकले नेपालका ५१ जिल्लामा ९१ शाखा, २१ एक्स्टेन्शन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट कार्यालयका साथै १३० एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।
भारतीय स्टेट बैंक, भारतको सबैभन्दा ठूलो बैंक, घरेलु बजारको १/४ हिस्साको साथ २२ हजारभन्दा बढी स्वदेशी शाखाहरुको विशाल नेटवर्क मार्फत ४५ करोडभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्नका साथै ३० प्रमख देशहरुमा २२७ विदेशी कार्यालयका साथ विश्वव्यापी उपस्थिति छ ।