महालक्ष्मी विकास बैंकले ल्यायो रकम डबल हुने योजना

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना &#8216;महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता&#8217; सार्वजनिक गरेको छ । बैंकको अनुसार मात्र १० हजार मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ सार्वजनिक गरेको छ ।

बैंकको अनुसार मात्र १० हजार मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने छ ।

महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Share News