बिओकेले ल्यायो ११.०३ प्रतिशत ब्याज दिने रिकरिङ्ग खाता, ९० प्रतिशतसम्म कर्जा सुविधा पाइने

<p>काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको वित्तीय व्यवस्थापन सहित ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको हो । यस निक्षेप खातामा बैंकले खातावाहकहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । बैंकको अनुसार यस खातामा न्यूनतम् १ हजारदेखि बचत गर्न सकिनुका [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको वित्तीय व्यवस्थापन सहित ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको हो ।

यस निक्षेप खातामा बैंकले खातावाहकहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।

बैंकको अनुसार यस खातामा न्यूनतम् १ हजारदेखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक ५०० को गुणाङ्कमा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ ।

यस्तै, रिकरिङ्ग निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था पनि रहेको छ ।

बिओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक आफुहरुले सार्वजानिक गरेको बैंकले जनाएको छ । बैंकको अनुसार यस निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरुमा रकमान्तर गर्ने सुविधा पनि रहेको छ ।

साथै, यस निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५० प्रतिशतसम्म क्रेडिट कार्ड सविधा रहेको बैंकले जानकारी दिएको छ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Share News