सिटिजन्स बैंकका ग्राहकलाई कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरमा छुट पाउने भएका छन् । बुधबार बैंक र एडभेन्चरबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले कर्णाली ¥याफ्टिङका ¥याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् । यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।
त्रिविका विद्यार्थीले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने, थेसिस लेख्न पैसा पनि
काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरु मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्नेछ । बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूची अन्तर्गतका प्राध्यापकहरुलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ । त्यसैगरी, बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति विद्यार्थी तीस हजार रुपैयाँ प्रदान गर्नेछ । बैंकले व्यवस्थापन विभागमा एमबिए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड’ समेत प्रदान गर्नेछ ।
सिभिल बैंकका ग्राहकलाई न्युरोडमा मोबाइल तथा ल्यापटप किन्दा छुट
काठमाडौं । सिभिल बैंकले न्युरोडको ९पिपुल्स प्लाजा० थ्रिकम नेटवर्क टेक्नोलोजीसँग सम्झौता गरेको छ । बैंकले आफ्ना कर्मचारी र ग्राहकहरुलाई थ्रिकम नेटवर्क टेक्नोलोजीमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट नयाँ बानेश्वर शाखाकी प्रमुख अनुसा श्रेष्ठ र थ्रिकम नेटवर्क टेक्नोलोजीको तर्फबाट प्रोपाईटर विपीन जयसवालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त थ्रिकम नेटवर्क टेक्नोलोजीमा, ल्यापटप खरिदमा ५ प्रतिशत, मोबाइल खरिदमा २।५ प्रतिशत, मोबाइल एण्ड ल्यापटप एक्सेसरिजमा १० प्रतिशत तथा मोबाइल एण्ड ल्यापटप मर्मतमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन । बैंकले मुलुकभर ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र १०० एटिएमका साथ वित्तिय सेवा प्रदान गर्दै आएको छ ।