क्युआर कारोबारीलाई बोनस दिँदै कामना सेवा विकास बैंक

<p>काठमाडौं । कामना सेवा विकास बैंकले मर्चेण्ट बोनस योजना ल्याएको छ । बैंकले आफ्ना फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि उक्त योजना ल्याएको हो । यो योजना भदौ १ गतेदेखि नै शुरु भएको छ । &#8216;क्यूआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार&#8217; योजना अन्तर्गत क्यूआर मर्चेन्टहरुले क्यूआरप्रयोग गरी पहिलो भुक्तानी लिएमा [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले मर्चेण्ट बोनस योजना ल्याएको छ । बैंकले आफ्ना फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि उक्त योजना ल्याएको हो ।

यो योजना भदौ १ गतेदेखि नै शुरु भएको छ ।

‘क्यूआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’ योजना अन्तर्गत क्यूआर मर्चेन्टहरुले क्यूआरप्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैयाँसम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै, यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट एयरलाई टेवा पुर्याउने बैंकको विश्वास छ ।

Share News