कामना सेवा डिजिटल विक : क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत बोनस पाइने

<p>काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहककाे लागि केएस डिजिटल विक अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न भदाै १९ गतेदेखि भदाै २४ गतेसम्मकाे लागि डिजिटल विक अफर सार्वजनिक गरेको हाे । यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० वा १५ [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहककाे लागि केएस डिजिटल विक अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न भदाै १९ गतेदेखि भदाै २४ गतेसम्मकाे लागि डिजिटल विक अफर सार्वजनिक गरेको हाे ।

यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० वा १५ प्रतिशत बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् ।

साथै बैंकका ग्राहकहरुले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले आइएमई पे तथा खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिंक गरी १०० रुपैयाँसम्मको क्यासब्याक लगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोनपे, एफवानसफ्ट, एनसिएचएल, भिसा, आइएमई पे र खल्ती डिनिटल वालेटसँगको संयुक्त साझेदारीमा ल्याएको हो ।

 

Share News