मुक्तिनाथ बैंकमा एक लाख रुपैयाँ बचत गर्दा १ करोडको बीमा सुविधा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको लागि मुक्तिनाथ आशिर्वाद बचत खाता ल्याएको छ । बैंकको अनुसार यस बचत खातामा नेपालमै पहिलोपटक सबैभन्दा धेरै एक करोड १ लाखसम्मको बीमा सुविधा रहेको छ । मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटोगरीमा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाखसम्मको बीमा सुविधा पाउने बैंकले जानकारी दिएको छ । यसका साथै उनीहरुले विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन । यसैगरी, मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटोगरीमा न्यूनतम १ लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि ८० लाख गरी कुल एक करोड १ लाखसम्मको बीमा सुविधा पाउनेछन् । उनीहरुले पनि विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने बैंकले जानकारी दिएको छ । यस खातामा बैंकले वार्षिक १० प्रतिशत ब्याजदर दिने बताएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
कामना सेवा गेट वे पेमेन्ट सर्भिस सँग सम्झौता गर्ने पहिलो विकास बैंक बन्यो
काठमाडौं । कामना सेवा विकास बैंक, आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिस प्रा. लि. सँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ । भदौ ३१ गते शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वर सम्झौता सम्पन्न भएको हो । सेवा शुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवाविकास बैंकमा रहेकै बैंकखातामा सोझै रकमान्तर गर्न एवं भारतीयपर्यटकले कामना सेवाविकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ । यस सेवाले भारतबाट प्राप्तहुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।
एनआईसी एशिया बैंकको ‘दशैं-तिहार महोत्सव’ : विभिन्न सामग्री खरिद गर्दा २० प्रतिशत क्यासब्याक
काठमाडौं । एनआईसी एशिया बैंकले दशैं, तिहार, छठ पर्वको अवसरमा ग्राहकहरुलाई ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकको उक्त योजनामा ग्राहकहरुले भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट लगायत दर्जनौ मर्चेन्टमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त गर्न सक्ने भएका छन् । असोज १ गतेदेखि कात्र्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत तथा ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी पीओएस तथा मोबाइल बैंकिङ्ग मार्फत् भुक्तानी गर्दा १० प्रतिशत तथा ३ सय रुपैयाँसम्म छुट तथा क्यासब्याक पाउन सकिन्छ । यस्तै, बैंकमा खाता नभएकाले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने स्टलमार्फत खाता खोली डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गर्न सक्नेछन् ।