नारायणी डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल स्टार चितवनमा विशेष छुट
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवन बीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका विशेषधिकार कार्ड होल्डरहरुलाई होटलमा छुट दिने सम्झौता भएको हो । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवनका अध्यक्ष भेषराज दुवाडीले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंकका विशेषधिकार कार्ड होल्डरहरुले होटल स्टार चितवनको सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्ने छन । बैंकले विभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगाएत अन्य सरोकारवालाहरुलाई विभित्र मापदण्डको आधारमा विशेषधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटलबाट लिने सेवामा छुट लिन सक्ने बैंकले जनाएको छ ।
हिमालयन बैंकको न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालन
काठमाडौं । हिमालयन बैंकले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको छ । यस क्यास डिपोजिट मेसिन बाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुविधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघिपछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ । हाल बैंकले नेपालभरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटिएम र ६,००० भन्दा बढी पिओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ ।
सानिमा बैंकका ग्राहकले थप २० वटा मर्चेन्टहरुमा छुट पाउने
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु÷सेवाहरुको खरिदमा विशेष छुट पाउने भएको छ । बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रीज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, नीता पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेस, बल्थली माउन्टेन रिसोर्ट, होटल यात्री, होटल द किंग्सबरी, दरबार ज्वेलर्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एण्ड बार, आरआर फेसन वेयर, वीकेन्ड र न्यानो कलेक्शन जस्ता २० वटा विभिन्न मर्चेन्टहरुसंग १० देखि ३० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए टि एम् संचालनमा रहेका छन् ।