कामना सेवा गेट वे पेमेन्ट सर्भिस सँग सम्झौता गर्ने पहिलो विकास बैंक बन्यो

<p>काठमाडौं । कामना सेवा विकास बैंक, आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिस प्रा. लि. सँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ । भदौ ३१ गते शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वर सम्झौता सम्पन्न भएको हो । सेवा शुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक, आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिस प्रा. लि. सँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ । भदौ ३१ गते शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वर सम्झौता सम्पन्न भएको हो ।

सेवा शुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवाविकास बैंकमा रहेकै बैंकखातामा सोझै रकमान्तर गर्न एवं भारतीयपर्यटकले कामना सेवाविकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ ।

यस सेवाले भारतबाट प्राप्तहुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

Share News