राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सार्वजनिक, आधार दर बढ्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १०.१३३ प्रतिशत र ब्यक्तिगततर्फ १२.१३३ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.३३३ प्रतिशत र मुद्दती खातामा १३.३३३ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिनेछ । बैंकको स्थिर ब्याजदर १५.५० प्रतिशतसम्म तोकिएको छ । बैंकको आधार दर भने बढेको छ । बैंकको आधार दर ८.३३ प्रतिशत र ब्याजदर अन्तर ४.२६ प्रतिशत रहेको छ । यसअघि गत कात्तिकमा सार्वजनिक गरेको ब्याजदरमा आधार दर ८.२० प्रतिशत तोकिएको थियो । गत महिनाको तुलनामा आधार दर ०.१३ प्रतिशत बढेको हो ।
मंसिरमा विकास बैंक र फाइनान्सले ब्याजदर घटाउने
काठमाडौं । वाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर स्थीर राख्ने निर्णय गरेका बेला विकास बैंक र फाइनान्स कम्पनीहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर एशोसिएसन र फाइनान्स एशोसिएसनको मंगलबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् । विकास बैंकहरुले मंसिरमा निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोख्रेलले विकासन्युजलाई बताए । फाइनान्स कम्पनीको ब्याजदर घटाउने निर्णय गरेको फाइनान्स एशोसिएसनका अध्यक्ष रहेका गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधरले बताए । उनका अनुसार ३ महिनाको निक्षेपमा ०.२ प्रतिशत र १ वर्षभन्दा माथिको निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । फाइनान्स कम्पनीहरु सीडी रेसियो सहज भएकाले ब्याजदर घटाउने निर्णय गरेको उनको भनाइ छ । कर्जाको लागत घटाउनका लागि ‘ब्याजदर नघटाएसम्म अर्थतन्त्र चलायमान हुँदैन, इन्फलेक्सन ८.५२९ प्रतिशत छ, ब्याजदर घटाउनु पर्छ ताकी उत्पादित क्षेत्रमा कर्जाको रेट कम होस,’ उनले भने । वाणिज्य बैंकहरुलाई दबाव पर्याे भनी भन्ने प्रश्नमा खुला अर्थतन्त्रमा कसैलाई दबाव गर्ने गरी निर्णय नलिएको उनले बताए । विकास बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज प्रदान गर्दै आएका छन् । यस्तै साधारण बचत खातामा भने ८ प्रतिशत ब्याज दिँदै आएका थिए । यस्तै, फाइनान्स कम्पनीहरुले पनि ब्यक्तिगत मुद्दती निक्षेपमा १३.४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.४७ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । मंसिर १ गतेदेखि भने विकास बैंक र फाइनान्स कम्पनीको ब्याजदर घट्नेछ । नेपाल बैंकर्स एशोसियसन (एनबिए) को मंगलबार बसेको बैठकले भने ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ ।
मंसिरमा बैंकको ब्याज स्थीर
काठमाडौं । मंसिरमा बैंकहरुको ब्याज स्थीर हुने भएको छ । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघ (एनबिए) को बैठकले ब्याजदर स्थीर राख्ने निर्णय गरेको हो । संघले मंसिरमा ब्याज घटबढ नगर्ने निर्णय गरेको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले विकासन्युजलाई जानकारी दिए । प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाका लागि ब्याजदर निर्धारण गर्न एनबिएको बैठक बस्ने गर्छ । सोही अनुसार मंसिरका लागि ब्याजदर निर्धारण गर्न मंगलबार बैठक बसेको हो । ‘मंसिर महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘सोही निर्णय अनुसार मंसिरका लागि पनि बैंकहरुले कात्तिककै ब्याजदर प्रकाशित गर्नेछन् ।’ अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दती खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ । निक्षेपको ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । बैंकहरुले असोजमा विगत ७ महिनादेखि स्थीर रहेको ब्याजदर बढाएका थिए । कात्तिक महिनामा भने बैंकहरुले ब्याजदर स्थीर राखेका थिए । ब्याजदर बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । पछिल्लो समय ब्याजदर उच्च रहेको भन्दै घटाउन चौतर्फी दबाव रहेको छ । उद्योगी व्यवसायीहरु देशभर आन्दोलित छन् । सम्बन्धित समाचार: मंसिरमा के होला ब्याज ? निर्णय गर्न बैंकर्स संघको बैठक बस्दै