एभरेष्ट बैंकले ल्यायो चाडपर्व लक्षित स्किम, १०.७४ प्रतिशतको स्थिर ब्याजदरमा घर कर्जा
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ठूला चाडपर्वहरु तीज, दशैं, तिहार र छठको अवसरमा ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ को घोषणा गरेको छ । भाद्र १ गतेदेखि लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको बैंकले बताएको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १०० प्रतिशतसम्म बैंक लगानी रहने छ । सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा प्राप्त गर्नुका साथै विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ । साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिने बैंकले बताएको छ । तीन महिनाको लागि लागु हुने ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिने छ ।
गरिमा विकास बैंकले ल्यायो ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा
काठमाडौं । गरिमा विकास बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा र सरल एसएमई आवधिक कर्जा योजना ल्याएको छ । हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित बैंकले फिक्स्ड कर्जा योजना सार्वजनिक गरेको हो । कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म ११.९९ प्रतिशत निश्चित रहने बैंकले बताएको छ । हाल गरिमा विकास बैंकले देशभरका १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंकका ग्राहकले हार्ड रक क्याफेमा १५ प्रतिशत छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित हार्ड रक क्याफे बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस्तो सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास गरिएको बैंकले बताएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस्ता सुविधाहरु ल्याउने गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी १८८ वटा शाखा, १४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ३१ हजार भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सुविधा दिइरहेको बताएको छ ।