लक्ष्मी सनराइज बैंकको ब्याजदर सार्वजनिक, कर्जामा स्थिर ब्याज कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौमा ब्याजदर स्थिर राखेको छ । अर्थात् साउन महिनाकै ब्याजदर भदौमा लागू हुनेछ । बैंकले भदौका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । रेमिटेन्स बचतमा ८.४० प्रतिशत तोकेको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.९३ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ४.४२ प्रतिशत छ । बैंकका अनुसार १५ वर्षसम्मको होम लोन, होम इक्विटी लोन, एजुकेशन लोन, अटो लोन, पर्सनल लोन र टर्म लोनमा १२.९९ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्म ब्याज तोकिएको छ ।

एनआईसी एशिया बैंकले सार्वजनिक गर्याे ब्याजदर, कति दिन्छ ?

काठमाडौं । एनआईसी एशिया बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.१८ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा भदौ महिनाको लागि ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले साधारण बचत खातामा ब्याज स्थिर राखेपनि मुद्दति निक्षेपमा भने बढाएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि सोही ब्याजदर ६.९९ र ८.९९ प्रतिशत थियो । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशत र न्यूनतम १.५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ८.०२ प्रतिशत रहेको छ । हाल बैंकको ब्याजदर अन्तर ३.९८ प्रतिशत छ ।