एभरेष्ट बैंकले ल्यायो चाडपर्व लक्षित स्किम, १०.७४ प्रतिशतको स्थिर ब्याजदरमा घर कर्जा

<p>काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ठूला चाडपर्वहरु तीज, दशैं, तिहार र छठको अवसरमा ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ को घोषणा गरेको छ । भाद्र १ गतेदेखि लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको बैंकले बताएको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ठूला चाडपर्वहरु तीज, दशैं, तिहार र छठको अवसरमा ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ को घोषणा गरेको छ ।

भाद्र १ गतेदेखि लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको बैंकले बताएको छ ।

बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १०० प्रतिशतसम्म बैंक लगानी रहने छ ।

सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा प्राप्त गर्नुका साथै विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ ।

साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिने बैंकले बताएको छ ।

तीन महिनाको लागि लागु हुने ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिने छ ।

Share News