गरिमा विकास बैंकले ल्यायो ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा

<p>काठमाडौं । गरिमा विकास बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा र सरल एसएमई आवधिक कर्जा योजना ल्याएको छ । हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित बैंकले फिक्स्ड कर्जा योजना सार्वजनिक गरेको हो । कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा र सरल एसएमई आवधिक कर्जा योजना ल्याएको छ ।

हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित बैंकले फिक्स्ड कर्जा योजना सार्वजनिक गरेको हो ।

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म ११.९९ प्रतिशत निश्चित रहने बैंकले बताएको छ ।

हाल गरिमा विकास बैंकले देशभरका १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share News