काठमाडौं । शिव शिखर सहकारीको अर्बाैं रकम ठगी गर्ने केदारनाथ शर्मा न्यौपाने र गिता शर्माको सम्पत्ति बिक्री नभएपछि नेपाल एसबिआई बैंकले पुनः लिलामीमा राखेको छ । शर्मा दम्पत्तिले बैंकबाट कर्जा लिएर समयमा चुक्ता नगरेपछि धितो वापतको सम्पत्ति लिलामीमा राखेको थियो ।
बैंकले यसअघि गत भदौ २९ गते ३५ दिने सूचना प्रकाशन गर्दै धितो लिलामीमा राखेको थियो । सो समयमा उक्त सम्पत्ति बिक्री नभएपछि बैंकले पुनः १५ दिने सूचना जारी गर्दै लिलामीमा राखेको हो ।
बैंकले केदारनाथ शर्मा र गिता शर्माले सञ्चालन गरेका शिखर अर्गनाइजेशन लिमिटेड, शिखर स्पाइस एण्ड फुड फ्रुट इण्डष्ट्रिज प्रा.लि., शिव शिखर खाद्य उद्योग प्रा.लि. र नटराज फुड ईण्डष्ट्रिज प्रा.लि.का सम्पत्ति लिलामीमा राखेको हो ।
यी कम्पनीको नामबाट एसबिआई बैंकबाट करिब २ अर्ब रुपैयाँ बराबरको कर्जा लिएको बुझिएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने बैंकले बताएको छ ।
केदार शर्माले ऋण नतिरेपछि नेपाल एसबिआई बैंकले लिलामीमा राख्यो ४ कम्पनी