सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै माछापुच्छ्रे बैंक
काठमाडौं । माछापुच्छ्रे बैंकले सरकारी विद्यालयहरुको पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो । बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न सहयोग गर्ने भएको छ । बैंकले यी दुबै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी, बैंकले बाग्मती प्रदेशको काठमाडौं महानगर पालिका वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ । विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको हो । २८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएको छ । र, खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या भोगिरहेको छ । त्यस्तै, १८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था नाजुक रहेको हुँदा विद्यार्थी एंव शिक्षकहरुले समस्या भोगिरहेका बैंकले जानकारी गराएको छ ।
व्यवसायमा व्यक्तिगत बैंक खाता प्रयोग गरेर कर छली, साथीभाई र आफन्तको नामबाट अर्बौंको कारोबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न व्यक्तिले कर छल्नका लागि व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् गर्ने गरेकाे बताएको छ । नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले गरेको एक अध्ययनले व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् भएको प्रतिवेदन सार्वजनिक गरेको हो । सन् २०२० देखि सन् २०२२ सम्म राष्ट्र बैंकले गरेको अध्ययनले राष्ट्र बैंकसमक्ष प्राप्त भएका कारोबारमध्ये ३७ प्रतिशत व्यवसायले कर छल्ने नियतका साथ व्यक्तिगत बैंक खाता प्रयोग गर्ने पाइएको हो । ६५ वटा मुद्दामा बैंक खातामा शंकास्पद लेनदेन भएको देखिएको बताएको छ यस्तै, पछिल्लो समय शंकास्पद कारोबारको संख्या बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष २ हजार ७८० वटा शंकास्पद कारोबार भेटिएकोमा गत वर्ष ५ हजार ९३५ वटा पुगेको छ । बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ९८ हजार ३९८ वटा कारोबारको संकास्पद कारोबारको जानकारी राष्ट्र बैंकमा आएको प्रतिवेदनमा उल्लेख छ । प्राप्त भएका शंकास्पद कारोबारमा ४८ प्रतिशत व्यक्तिगत व्यवसाय, ३३ प्रतिशत कम्पनी, १९ प्रतिशत विभिन्न व्यापार तथा उत्पादनसँग सम्बन्धित पर्यटन व्यवसाय रहेको जनाएकाे हो । यो अवधिमा राष्ट्र बैंकले २०४ वटा घटनाको विश्लेषण गरेको छ । जसमा १३३ वटा मुद्दालाई थप अध्ययन गर्न आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभागमा पठाएको जानकारी दिएको छ । विभागमा पठाएको मुद्दाहरूमा वार्षिक १२ बिलियन संकास्पद कारोबार देखिएको प्रतिवेदनमा उल्लेख छ । व्यवसायीले कर छल्नका लागि कम्पनीको कारोबार पनि व्यक्तिगत बैंक खातामार्फत् गर्ने गरेको भेटिएको हो । व्यापार व्यवसायका लागि व्यक्तिगत खाता प्रयोग गर्ने अभ्यास बढेकोले त्यसलाई रोक्नु पर्ने राय फाइनान्सियल इन्टेलिजेन्स युनिटको छ । कुनै व्यवसायीले त्यस्तो गरेको पाइएमा जरिवाना तथा सजायको व्यवस्था गरिनु पर्ने सो इकाइको सुझाव छ । यस्तै, यस्तो प्रवृति घरजग्गा कारोबारमा पनि देखिएको छ । राष्ट्र बैंकको सो इकाइले घरजग्गा खरिदबिक्रीको लेनदेन बैंकिङ प्रणालीबाट हुनु पर्ने धारणा राखेको छ । व्यवसायीले कर छल्नका लागि आफन्त र साथीभाईको नाममा पनि कारोबार गर्ने गरेको अध्ययनबाट खुलेको हो ।
श्रीलङ्काको केन्द्रीय बैंकले चालु ब्याजदर परिवर्तन नगर्ने
श्रीलङ्का । श्रीलङ्काको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आन्तरिक र अन्तरराष्ट्रिय समष्टिगत आर्थिक विकासक्रमको व्यापक मूल्याङ्कनपछि सोमबार मौद्रिक बोर्डले यस्तो निर्णय गरेको जनाएको छ । बोर्डले निकट अवधिमा मुद्रास्फीतिमा उल्टो दबाब ल्याउने सम्भावित कर र आपूर्ति(साइड कारकहरूमा हालैका घटनाक्रमहरूको प्रभावलाई समेत नोट गरेर सो निर्णय गरेको जनाएको छ । केन्द्रीय बैंकका अनुसार यी घटनाक्रमको प्रभावले मध्यम अवधिको मुद्रास्फीतिको दृष्टिकोणलाई वास्तविक रूपमा परिवर्तन गर्ने छैन । लगातार छवटा त्रैमासिक आर्थिक संकुचन पछि श्रीलङ्काको अर्थतन्त्रले सन् २०२३ को तेस्रो त्रैमासिकमा विस्तार भएको देखाएको छ । श्रीलङ्काले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा आफ्नो ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको तियो । रासस