‘विगतमा एनपीएल ६० प्रतिशतसम्म हुन्थ्यो, अहिलेकाे ३ प्रतिशत त केही पनि होइन’

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूको खराब कर्जा (एनपीएल)को विषयमा धेरै चिन्ता लिन नपर्ने बताएका छन् । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकको एनपीएलको विषयमा धेरै चिन्ता चासो बढेको बताउँदै यो सामान्य विषय रहेको धारणा राखेका हुन् । ‘कुनै समय राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ६० प्रतिशतसम्म [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूको खराब कर्जा (एनपीएल)को विषयमा धेरै चिन्ता लिन नपर्ने बताएका छन् । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकको एनपीएलको विषयमा धेरै चिन्ता चासो बढेको बताउँदै यो सामान्य विषय रहेको धारणा राखेका हुन् ।

‘कुनै समय राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ६० प्रतिशतसम्म हुन्थ्यो, अहिले ३ प्रतिशत हुँदा के-के न भएकोजस्तो गर्छन्, त्यसैले खराब कर्जा बढ्दैमा धेरै आत्तिनु पर्ने अवस्था छैन, अन्य बैंकको अवस्था पनि यही हो, खराब कर्जाको विषयमा धेरै चिन्तित बन्नु पर्दैन,’ उनले भने ।

अर्थतन्त्र सुस्त भएको बेला यो किसिमको एनपीएल हुनु स्वभाविक रहेको धारणा उनकाे छ । यस्तै, उनले बैंकहरूले अब रिकभरीमा भने जोड दिनु पर्ने बताए । उनले बैंकको कर्जाको ब्याजदर पनि घटिरहेको बताउँदै आगामी दिनमा थप घट्ने अपेक्षा रहेको बताए ।

यस्तै, उनले बैंकहरूले हजारौं उद्यमी जन्माएको बताउँदै त्यसमा हामी सबैले गर्व गर्नु पर्ने बताए । उनले पछिल्लो समय सरकारी लगानीका बैंकले गरेको सुधारको पनि प्रशंसा गरे ।

‘विगतमा सरकारी बैंकमा किताबमै हिसाब हुन्थ्यो, राष्ट्र बैंकले सुपरिवेक्षण गरेर सही ठाउँमा ल्याउन सफल भयो, अहिले सरकारी बैंकका सबै सूचक ठिकठाक छन्, यसमा राष्ट्र बैंकको पनि भूमिका छ,’ उनले भने ।

Share News