सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएल ४.८९ प्रतिशत पुग्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ३९.८२ प्रतिशत घटेर १० करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल)१.५३ प्रतिशत बढेर ४.८९ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ३.३६ प्रतिशत थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.५९ प्रतिशत बढेर ९४ करोड ६३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९१ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ४१.४० प्रतिशत बढेर १० करोड ५१ लख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६.८३ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ, सञ्चालन नाफा ३९.२१ प्रतिशत घटेर १४ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य नाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५ प्रतिशत बढेर ३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ, जगेडा कोष ८.६४ प्रतिशत घटेर १ अर्ब ११ करोड १२ लाख रुपैयाँ, निक्षेप संकलन २.५५ प्रतिशत बढेर ५१ अर्ब ८५ करोड रुपैयाँ र कर्जा प्रवाह ४.४५ प्रतिशत बढेर ४१ अर्ब ६३ करोड ४४ हजार रुपैयाँ रहेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.२२ रुपैयाँ घटेर ५.८४ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात ५४.७७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १३२.३९ रुपैयाँ रहेको छ । बैंकको आधार दर १०.८१ प्रतिशत, कर्जा निक्षेप अनुपात ८३.४१ प्रतिशत, कस्ट अफ फण्ड ८.६१ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ४.५८ प्रतिशत छ ।

महालक्ष्मी विकास बैंकको खराब कर्जा घट्यो, नाफा २७ करोड ८० लाख रुपैयाँ

काठमाडौं । महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १२.०३ प्रतिशत घटेर २७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा बैंकले खराब कर्जा घटाएको छ । गत वर्षको पुसमा ४.५७ प्रतिशत एनपीएल रहेकोमा यस वर्षको पुसमा घटेर ४.२१ प्रतिशतमा झारेको छ । बैंकको खुद ब्याज आम्दानी घटेका कारण नाफामा असर गरेको हो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १४.५३ प्रतिशत घटेर ८९ करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ३३.९३ प्रतिशत बढेर ९ करोड ६७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.७१ प्रतिशत घटेर १ अर्ब २ करोड रुपैयाँ, सञ्चालन नाफा १२.८३ प्रतिशत घटेर ३९ करोड ५७ लाख रुपैयाँ र वितरणयोग्य नाफा ३.२८ प्रतिशत अर्थात् ६ करोड ८३ लाख रुपैयाँ रहको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब २५ करोड ४० लाख रुपैयाँ, निक्षेप संकलन ३ प्रतिशत बढेर ५३ अर्ब ४ करोड रुपैयाँ र कर्जा लगानी ९.०६ प्रतिशत बढेर ४० अर्ब ५० करोड रुपैयाँ गरेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २.४३ रुपैयाँ घटेर १३.३३ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २५.५८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.४ रुपैयाँ छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.३३ प्रतिशत, आधार दर १०.७१ प्रतिशत, कस्ट अफ फण्ड ८.३३ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड दर ४.५९ प्रतिशत छ ।

एनपीएल ह्वात्तै बढेपछि नेपाल बैंकको नाफा ४९.६० प्रतिशत घट्यो, सीडी रेसियो ७२.६२ %

काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ४९.६० प्रतिशत घटेर ५९ करोड ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पछिल्लो समय बैंकको खराब कर्जा (एनपीएल)बढेका कारण नाफामार असर परेको देखिन्छ । यस अवधिमा बैंकको खराब कर्जा १.३९ प्रतिशत बढेर ४.५ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ३.११ प्रतिशत खराब कर्जा थियो । पुस मसान्तसम्ममा बैंकको ब्याज आम्दानी २०.४० प्रतिशत बढेर ४ अर्ब ६३ करोड ४० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ३७.८१ प्रतिशत बढेर ५५ करोड ३८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २२.७८ प्रतिशत बढेर ५ अर्ब ४१ करोड रुपैयाँ, सञ्चालन नाफा ४९.६५ प्रतिशत घटेर ७६ करोड २५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष २.८२ प्रतिशत बढेर २२ अर्ब ४४ करोड ५० लाख रुपैयाँ, निक्षेप संकलन ५.५९ प्रतिशत बढेर २ खर्ब ५८ अर्ब १८ करोड रुपैयाँ र कर्जा प्रवाह १.६८ प्रतिशत बढेर १ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । पुससम्म बैंकको प्रतिसेयर आम्दानी ७.७५ रुपैयाँ घटेर ८.३ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २९.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २५२.५४ रुपैयाँ रहेको छ । बैंकको आधार दर ८.५५ प्रतिशत, कस्ट अफ फण्ड ६.४३ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेड ३.८५ प्रतिशत र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७२.६२ प्रतिशत छ ।