नेपाल बैंकको आधारदर ७.८८ प्रतिशतमा झर्याे, घटायो ब्याजदर
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालन भइरहेको नेपाल बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउनमा मुद्दति निक्षेपकर्तालाई संस्थागततर्फ ४.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र ब्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.७५ प्रतिशत प्रदान गरेको थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.७५ प्रतिशतदेखि अधिकतम ५.७५० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ७.९६ प्रतिशत रहेकोमा घटेर ७.८८ प्रतिशतमा झरेको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्न सक्नेछ । बैंकको स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको छ ।
सानिमा बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर घटयो
काठमाडौं । सानिमा बैंकले साउन महिनामा ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.४० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.८० प्रतिशत थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ६.१० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि असारमा बैंकको आधारदर ८.१९ प्रतिशत रहेकोमा साउनमा घटेर ८.०६ प्रतिशत तोकेको छ । तीन महिनाको औसत आधारदर यसअघि ८.४१ प्रतिशत रहेकोमा ८.२० प्रतिशत झरेको छ ।
प्रभु बैंकले घटायो ब्याजदर
काठमाडौं । प्रभु बैंकले साउन महिनामा पनि ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.५ प्रतिशत र ब्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ८.५० प्रतिशत थियो । तर, बैंकले साधारण बचत खातामा भने ब्याजदर यथावत राखेको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा पनि सोही ब्याजदर निक्षेपकर्तालाई प्रदान गरेको थियो । बैंकले कर्जाको ब्याजदरमा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।