प्रभु बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा छुट हुने

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलका सेवाहरुमा छुट दिइने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट पाउने छन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, भिलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन् । एक समारोहबीच ब्लु क्रस हस्पिटलका तर्फबाट मेम्बर-सेक्रेटरी रजत श्रेष्ठ र प्रभु बैंकको तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । ब्लु क्रस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आएको छ ।

ब्याजदर घटेसँगै बढ्यो घरकर्जा, सिद्धार्थ र एनआईसी आक्रामक

काठमाडौं । पछिल्लो समय ब्याजदर घटेसँगै आवासीय कर्जामा पनि वृद्धि भएको छ । गत वर्ष वाणिज्य बैंकहरूले साढे ३१ अर्ब बढीको आवासीय घर कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्ष बैंकहरूको आवासीय घर कर्जामा १३.१५ प्रतिशत वृद्धि भएको छ । गत वर्ष बैंकहरूले कुल ३ खर्ब १६ अर्ब ८ करोड रुपैयाँ आवासीय घर कर्जामा ऋण प्रवाह गरेका छन् । जबकि अघिल्लो वर्ष बैंकहरूले सोही प्रकृतिको कर्जामा २ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँ आवासीय घर कर्जा प्रवाह गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूले ३६ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ आवासीय घर कर्जामा बढाएका हुन् । साथै राष्ट्र बैंकले पनि घरकर्जामा सहजीकरण गरेपछि कर्जा वृद्धि हुन पुगेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकले व्यक्तिगत आवासीय घरकर्जाको सीमा बढाएर २ करोड रुपैयाँसम्म पुर्‍याएको छ । त्यसअघि १ करोड ५० लाख रुपैयाँ मात्रै सीमा थियो । राष्ट्र बैंकको नीतिमा कर्जाको सीमा बढाएकोले घरकर्जा लिने बढेको बैंकरहरू बताउँछन् । समीक्षा अवधिमा सबैभन्दा धेरै सिद्धार्थ बैंकले व्यक्तिगत घरकर्जामा ऋण बढाएको छ । यस बैंकले गत वर्ष ३५.५९ प्रतिशत अर्थात् ३ अर्ब १२ कोड रुपैयाँ बढाए ११ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो । यस्तै, एनआईसी एशिया बैंकको ३४ प्रतिशत अर्थात् १५ अर्ब ९ करोड रुपैयाँ बढेर ५९ अर्ब ४६ करोड रुपैयाँ, कृषि विकास बैंकको २४.८९ प्रतिशत अर्थात् २ अर्ब २३ करोड रुपैयाँ बढेर ११ अर्ब १९ करोड रुपैयाँ, नबिल बैंकको २४.६८ प्रतिशत अर्थात् ५ अर्ब ११ करोड रुपैयाँ बढेर २५ अर्ब ८६ करोड रुपैयाँ, सानिमा बैंकको २२ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड रुपैयाँ बढेर ८ अर्ब ३९ करोड रुपैयाँ आवासीय घरकर्जा प्रवाह गरेका छन् । कुमारी बैंकको २०.९१ प्रतिशत अर्थात् २ अर्ब १७ करोड रुपैयाँ बढेर १२ अर्ब ५६ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७.९१ प्रतिशत अर्थात् ५ अर्ब १ करोड रुपैयाँ बढेर ३३ अर्ब रुपैयाँ, नेपाल बैंकको १५.८७ प्रतिशत अर्थात् १ अर्ब ३१ करोड रुपैयाँ बढेर ९ अर्ब ५८ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको १५.१५ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बढेर २ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.७८ प्रतिशत अर्थात् ३ अर्ब २१ करोड रुपैयाँ बढेर २४ अर्ब ९२ करोड रुपैयाँ आवासीय घरकर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकको १०.५८ प्रतिशत अर्थात् ९४ करोड रुपैयाँ बढेर ९ अर्ब ८५ करोड रुपैयाँ, प्राइम बैंकको ९.७९ प्रतिशत अर्थात् ७२ करोड रुपैयाँ बढेर ८ अर्ब १० करोड रुपैयाँ, एनएमबी बैंकको ८.६९ प्रतिशत अर्थात् १ अर्ब २२ करोड रुपैयाँ बढेर १५ अर्ब २७ करोड रुपैयाँ, माछापुच्छ«े बैंकको २.८५ प्रतिशत अर्थात् १७ करोड रुपैयाँ बढेर ६ अर्ब ३७ करोड रुपैयाँ घर निर्माणका लागि ऋण प्रवाह भएको छ । तर, समीक्षा अवधिमा आधा दर्जन बैंकको भने व्यक्तिगत घर निर्माणका लागि जाने कर्जा घटेको देखिन्छ । यस अवधिमा सबैभन्दा हिमालयन बैंकको घटेको छ । यस बैंकको १२.६१ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ घटेर ५ अर्ब २५ करोड रुपैयाँ मात्रै व्यक्तिगत घरकर्जा प्रदान गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ११.१५ प्रतिशत अर्थात् ९९ करोड रुपैयाँ घटेर ७ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको १०.५० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ घटेर १३ अर्ब ६६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ८.२३ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड रुपैयाँ घटेर १८ अर्ब ८७ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३.४७ प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ घटेर ८ अर्ब ६३ करोड रुपैयाँ र एभरेष्ट बैंकको ०.१७ प्रतिशत अर्थात् ४ करोड रुपैयाँ घटेर २२ अर्ब ९१ करोड रुपैयाँ आवासीय घर कर्जा प्रवाह गरेका छन् ।

महालक्ष्मी बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच शैक्षिक संस्था स्तरोन्नति गर्नेबारे भयो सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विश्व साक्षरता दिवसको अवसर पारी सम्झाैतापत्रमा हस्ताक्षर भएकाे हाे । उक्त सम्झौताअनुसार विभिन्न सार्वजनिक/सामुदायिक शैक्षिक संस्थाहरूमा आवश्यक स्तरोन्नति, शौचालय निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ । यसबाट संयुक्त राष्ट्रसंघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफा पानी र सरपसफाइमा सबैको पहुँच’ हासिल गर्न सहयोग पुग्ने साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ तथा शौचालय सुविधाहरूमा पहुँच अभिवृद्धि गर्ने बैंकको नितिअनुरूप प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहक रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्तावसमेत पारित भएको छ ।