लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशत बढ्यो, लाभांश क्षमता १६.९९ प्रतिशत

काठमाडौं । लुम्बिनी विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २५२.९६ प्रतिशत बढेर ८५ करोड १० लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर १ अर्ब ९९ करोड ७२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड ७३ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १८ करोड ४२ लाख ९६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब २८ करोड १४ लाख ६५ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब २१ करोड ७८ लाख १२ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी २० करोड ६० लाख २८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब १५ करोड ४ लाख २२ हजार रुपैयाँ र सञ्चालन नाफा ५८ करोड ४० लाख ७७ हजार रुपैयाँ थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ५५ लाख ८० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १६.९९ प्रतिशत रहेको छ ।  ३ अर्ब ६२ करोड ३६ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड ५४ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ०.२६ प्रतिशत घटेर ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ र कर्जा लगानी ०.०२ प्रतिशत घटेर ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले ५७ अर्ब ५९ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८६.६३ प्रतिशत रहेको छ ।  बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ६.६५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २३.४८ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको मूल्य आम्दानी अनुपात २०.५८ गुणा छ भने प्रतिसेयर नेटवर्थ २१३.३ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ ।

कृषि विकास बैंकको नाफा २.६३ अर्ब, व्यवसाय १६.२३ प्रतिशत बढ्यो

काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २९.५१ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशत घटेर ९ अर्ब १२ करोड १५ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब ४४ करोड ७४ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ७१ करोड ६० लाख ७३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब २१ करोड ७९ लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ९४ करोड ३५ लाख ९० हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ६.५४ प्रतिशत रहेको छ ।  १४ अर्ब ३० करोड ५५ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ९० करोड ५९ लाख १० हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १८.३६ प्रतिशत बढेर ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ र कर्जा लगानी १६.२३ प्रतिशत बढेर २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले २ खर्ब ९३ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ६६.७८ प्रतिशत रहेको छ ।  बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २४.५९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर १६.११ रुपैयाँमा सीमित भएको छ । बैंकको खराब कर्जा ३.४४ प्रतिशतबाट बढेर ४.०७  प्रतिशत पुगेकाे छ । 

अर्थतन्त्र उकास्न अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच के-के भयो छलफल ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी भएका थिए । उनीहरूलाई छलफलको सुरुवातमै अर्थमन्त्री डा. वाग्लेले अनुभवी र राज्यका काबिल अर्थशास्त्री भनी सम्बोधन गगरेका थिए ।  छलफलको सुरुवात गर्दै उनले भने, “तपाईहरू राष्ट्र बैंकको महत्त्वपूर्ण विभागमा बसेर काम गर्नुभएको काबिल अर्थशास्त्रीहरू हुनुहुन्छ । समग्र मुलुकको आर्थिक र वित्तीय अवस्थाबारे तपाईंहरूको ज्ञान मुलुक निर्माणको यो महत्त्वपूर्ण समयमा लगाउनुपर्नेछ ।” अर्थमन्त्री वाग्लेले थप भने, “अब मलाई सुझाउनुहोस्, वित्तीय संकट व्यहोरी रहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई कसरी हामीले सहयोग गर्न सक्छौं ?” नयाँ बजेट कार्यान्वयनमा आएको र यसैको जगमा टेकेर आर्थिक रूपान्तरणको जग बसाउनुपर्ने भन्दै उनले त्यसका लागि अर्थतन्त्र चलायमान गराउनुपर्ने र विगतको नीतिकाकारण वित्तीय संकट झेलिरहेका नागरिक र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।  ऋण बिग्रिएर कालोसूचीमा परेका हजारौं नागरिकलाई अर्को मौका कसरी दिन सकिन्छ भन्ने उपाय सुझाउन पनि उहाँले कार्यकारी निर्देशकहरूलाई आग्रह गरे । मौद्रिक उपकरण लागू गर्ने राष्ट्र बैंकबाट स्वच्छ नियमन र लगानीमैत्री सहजीकरणबाट नै आर्थिक समृद्धिको बाटो समाउन सकिने विश्वास पनि उनले व्यक्त गरे। अर्थमन्त्रीसँगको छलफलमा खुलेर प्रस्तुत भएका कार्यकारी निर्देशकहरूले नयाँ सरकार गठन भएपछि बिस्तारै बजारको आत्मविश्वास बढ्दै गएको र छिट्टै अर्थतन्त्रले लय समाउने संकेतहरू देखिएको अर्थमन्त्रीलाई बताएका छन् ।  कोभिड महामारीले पिल्सिएको अर्थतन्त्रले अझै लय समाउन नसकेको र त्यसैको मारमा परेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई माथि उठाउनु चुनौतीपूर्ण रहेको उनीहरूको भनााइ थियो ।  छोटो समयमा थपिएका कालोसूचीको हजारौं संख्या र त्यसले निम्त्याएको निराशाले बजारमा प्रभाव पारेको भन्दै उनीहरूले त्यसको समाधान आवश्यक रहेको बताए । जनताको बचत रहेको वित्तीय संस्थाहरूको पूर्ण लगानी सुरक्षाको सुनिश्चितता गर्दै कालोसूचीको कलंकबाट नागरिक, उद्योगी र व्यवसायीलाई माथि निकाल्न तत्कालै केही गर्न जरुरी भएको उनीहरूको भनाइ थियो ।