माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारी, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

बैंकको २८औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएपछि बसेको सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

बैंकले उनलाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष नियुक्त गरेको हो । 

Share News