सेन्चुरीमा शताब्दी बचत खाता खोल्दा चार किसिमका नि:शुल्क बीमा सुविधा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा ग्राहकहरूले वार्षिक ८.०३ प्रतिशत ब्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन । यस खातामा एक लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ । शताब्दी बचतखाता खोल्दा ग्राहकहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ । साथैं शताब्दी खाता खोल्दा ग्राहकहरूलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरूमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । सेञ्चुरी बैंकले हाल १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

मेगा बैंककी डिसीईओ देशराजले आजदेखि कामूको कार्यभार सम्हाल्ने

काठमाडौं । मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् । बैंकको नायव प्रमुख कार्यकारी (डिसीईओ) श्रेष्ठले बैशाख २ गतेदेखि कामुको जिम्मेवारी सम्हाल्न लागेकी हुन् । चैत ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि उनलाई कामु सीईओको रुपमा नियुक्त गरेको हो । बैंकको सीईओ अनुपमा खुञ्जेलीले राजिनामा दिएसँगै उक्त पद रिक्त रहेको छ । कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् । ३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् । थप समाचार मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभुषित, पाइन् प्रबल जनसेवाश्री

कुमारी बैंकले ल्यायो ७ वर्षमा दुई गुणा रकम पाइने निक्षेप खाता, कर्जा ९० प्रतिशतसम्म

काठमाडौं । कुमारी बैंकले ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा बैंकले यो धमाका ल्याएको हो । उक्त निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुँदै जाने बैंकले जनाएको छ । न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको यो मुद्दती निक्षेपमा सजिलै ९० प्रतिशतसम्म कर्जा सुविधा समेत रहेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु सञ्चालनमा ल्याएको छ । बैंकले १९७ शाखा-संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ । साथै, बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।