अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ, अन्य विदेशी मुद्राको दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ १५ पैसा र खरिददर १५१ रुपैयाँ ५५ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको बिक्रीदर १७० रुपैयाँ ६८ पैसा र खरिददर १७० रुपैयाँ १ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको बिक्रीदर २०४ रुपैयाँ २२ पैसा र खरिददर २०३ रुपैयाँ ४१ पैसा रहेको छ।

स्विस फ्र्याङ्क एकको बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा र खरिददर १८४ रुपैयाँ ६० पैसा कायम भएको छ। अस्ट्रेलियन डलर एकको बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा र खरिददर १०६ रुपैयाँ ४० पैसा रहेको छ।

क्यानेडियन डलर एकको बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा र खरिददर १०८ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ। त्यस्तै, सिंगापुर डलर एकको बिक्रीदर ११९ रुपैयाँ र खरिददर ११८ रुपैयाँ ५३ पैसा रहेको छ।

जापानी येन १० वटाको बिक्रीदर ९ रुपैयाँ ६३ पैसा र खरिददर ९ रुपैयाँ ५९ पैसा कायम भएको छ। चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ८९ पैसा र खरिददर २२ रुपैयाँ ८० पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने राष्ट्र बैंकले तोकेको दरभन्दा फरक हुन सक्नेछ। 

Share News