काँकडभिट्टामा बैंक अफ काठमाण्डूको शाखा विस्तार

<p>काठमाडौं । बैंक अफ काठमाण्डूले झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक समारोहका बीच उक्त शाखाको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजयकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बैंकका संचालक श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूले झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

आइतबार एक समारोहका बीच उक्त शाखाको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजयकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा बैंकका संचालक श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

Share News