अब आर्थिक गतिविधि चलायमान हुन्छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अब आर्थिक गतिविधिहरु चलायमान हुने बताएका छन् । उनले पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकोले अब आर्थिक चलायमान हुने विश्वास व्यक्त गरेका हुन् । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवमा बोल्दै उनले सो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले बाह्य क्षेत्रमा दवाव रहेको र यसको समस्या समाधान गर्न राष्ट्र बैंकले सक्दो गरिरहेको बताएका छन् । साथै, कोभिडले कार्यक्रम आयोजना नहुँदा धेरै समस्या भएको पनि उनको भनाई छ । वित्तीय क्षेत्रमा सर्वसाधारणको पहुँच बढाउन आवश्यक रहेको बताउँदै उनले राष्ट्र बैंकले नीति नियम अपस्था र परिस्थिति अनुसार कार्य अगाडि बढाइरहेको समेत जानकारी दिए ।

ईक्रा नेपालद्वारा एनएमबी बैंकको रेटिङ स्तरन्नोति

काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबी बैंकको विगतको रेटिङलाई स्तरवृद्धि गरेको छ । ईक्रा नेपाल लिमिटेडले दिएको रेटिङ इक्राएनपी आईआर ए हो भने यो रेटिङ प्राप्त गर्ने संस्थाहरू वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरूमा न्यून कर्जा जोखिम रहेको हुन्छ । ईक्रा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ ऐजेन्सी हो । विगतका वर्षहरूमा विभिन्न संस्थाहरुसँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालको कारण देशव्यापी रुपमा बैंकका ग्राहकहरूको संख्यामा उल्लेख्य वृद्धि तथा सोबाट बैंकको बजार हिस्सामा भएको वृद्धि र पुँजीगत पर्याप्तता तथा अनुभवी व्यवस्थापन समेतका आधारमा ईक्रा नेपालले बैंकलाई यस अघि प्रदान रेटिङमा स्तरवृद्धि गरेको बैंकको विस्वास छ । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू,१३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकमा अनलाइन भिडियो कलमार्फत केवाइसी अपडेट सेवा सुरु

काठमाडाैं । ग्लोबल आइएमई बैंकले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाइसी अपडेट गर्न सक्नेछन् । बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास रहेको छ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरु ल्याउदै आएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका २८७ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।