एनबी बैंकका लक्ष्मी श्रेष्ठले फिर्ता लिए मुद्दा, नबिलमा गाभिने बाटो खुल्यो

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता गरेको छ । नबिल र एनबी बैंकबीचको मर्जर रोक्न परेको रिट एनबीका संस्थापक सेयरधनीले फिर्ता लिएका हुन् । एनबीकाे संस्थापक सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएको बताए । ‘आज मुद्दा फिर्ता लिएको छु, अब एनबी बैंक ठूलो बैंक बन्ने भयो, हामी खुसी छौं,’ उनले विकासन्युजसँग भने । गत बिहीबार सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सो अल्पकालीन आदेश जारी गर्दै मर्जरको प्रक्रिया अगाडि नबढाउन भनेका थिए । नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर तथा एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । बिहीबारका लागि न्यायाधिसहरु डा. आनन्दमोहन भट्टराई र सुस्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो । सुनुवाइ सुरु नहुँदै निवेदकले मुद्दा फिर्ता लिएपछि अब मुद्दा खारेज भएको हो । लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डलाई मुद्दा हालेका थिए। साथै दुबै बैंक नेपाल राष्ट्र बैंकविरुद्ध पनि उनीहरुले मुद्दा हालेका थिए। दुवै बैंकले जेठ ७ गतेका लागि विशेष साधारणसभा आव्हान गरेका छन् ।

चेक बाउन्स गर्ने गोरखाका रेग्मी पक्राउ, ९ लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं । नौ लाख रुपैयाँको चेक बाउन्स गर्ने गोरखाको प्रकाश रेग्मी पक्राउ परेका छन् ।मुक्तिनाथ विकास बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बुढानिलकण्ठबाट पक्राउ गरेको हो । ३७ वर्षिय रेग्मीले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७९र०२र२०३ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएका थिए । उनलाई अदालतले साढे ९ लाख जरिवाना र एक दिनको जेल सजाए सुनाएको थियो ।

मुलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड ¥याफिटिङ्गबीच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी वस्नेतबिच हस्ताक्षर भएको छ । सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले डिजिटल माध्यम (मोवाइल बैंकिङ्ग, एटिएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपिएस)बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ । देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।