नेपालका बैंकले पुँजी छरे, आयातमुखी अर्थतन्त्रलाई बढावा दिए– त्रिपाठी

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नेपालका बैंकहरुको कारण नै विकासले गति लिन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा बैंकहरुको संख्या बढी भएकोले पुँजी छरिएको र त्यस्तो पुँजी छर्नबाट रोक्न बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनु पर्ने उनको भनाई छ । ‘विश्वको छैटौ ठूलो अर्थतन्त्र भएको जर्मनीमा जम्मा ६ वटा बैंक छन्, हाम्रो देशमा यति धेरै बैंकहरु भए, बैंकहरुले नै पुँजी छरे, बैंकहरुकै कारण आयातमुखी अर्थतन्त्र निर्माण भयो, यसैले मर्जर र एक्वीजीसनको कारण बैंकहरुको संख्या घटाउनु पर्यो,’ त्रिपाठीले भने । उनले सरकारको नीति तथा कार्यक्रमका विभिन्न ६ वटा बुँदामा संशोधन प्रस्ताव राखेका छन् ।

कर्पोरेट क्रिकेट लिग आयोजना गर्दै महालक्ष्मी बैंक, १६ वटा बैंकले प्रतिस्पर्धा गर्ने

काठमाडौं ।  महालक्ष्मी विकास बैंकको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ हुने भएको छ । बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेकाे हाे । बैंककाे अनुसार यहि जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाउने छ्न । लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३२ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलिलाई ४ वटा समुहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, रनर अप, म्यान अफ द सिरिज, बेस्ट बलर/ब्याट्सम्यान, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृस्ट खेलाडीहरुलाई विशेष पुरस्कार प्रदान गरिने बैंकले जानकारी दिएकाे छ । बैककाे अनुसार प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक फेसबुक पेज तथा युटृयुब च्यानल र विकेट नेपाल मार्फत हुनेछ ।  

काठमाडाैंमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको उद्घाटन

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकले टोखा वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नपा वडा नं.१ स्थित रानिवन चोकमा, रिङ्गरोडकाे सितापाईला चोकमा र पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ । आजदेखी सञ्चालनमा आएका नयाँ शाखाहरुमध्ये ग्रिनल्याण्ड शाखाको नेपाल सरकारका सचिव एवं नेपाल बैंक, सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा टोखा नगरपालिकाका नगर प्रमूख प्रकाश अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरे भने अन्य तिन शाखाहरुमा सफ्ट लञ्च सहित कारोवार सुरुवात गरिएको छ ।