शिवाकोटी र आचार्य बने राष्ट्र बैंकको सञ्चालक, दुवै राष्ट्र बैंकका क्याडर

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले बताए । शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो । राष्ट्र बैंककाे सञ्चालक बन्ने लाइनमा दिलीप ढुंगाना पनि थिए । केही साता अगाडि सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको हो । तर,  निर्वाचन सकिएसँगै सरकारले नै यी दुई जनालाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।

महालक्ष्मी विकास बैंकको रक्तदान कार्यक्रममा वित्तीय क्षेत्रकै उच्च रगत संकलन

काठमाडौं । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम गरेको हो । जसबाट बैंकले कुल १०२८ (एक हजार अठ्ठाइस) पिन्ट रगत संकलन गरेको छ । यो संख्या बैंक तथा वित्तीय संस्थाहरु मार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको बैंकको दावी छ । बैंकले ३१ वटा शाखाहरु मार्फत बिचबजार ८२, खुर्रखुरे ५५, नारायणगढ ४९, कमाने ४७, टिकापुर ४६, हेटौंडा ४४, नेपालगञ्ज ४२, थापाथली ४०, महाराजगंज ३८, पुतलिसडक ३८, धनगढी ३६, डडेल्धुरा ३५, भक्तपुर ३२, डल्लु ३१, कावासोती ३१, भाटभटेनी ३०, दरबारमार्ग ३०, जनकपुर २९, भैरहवा २८, तिनचुली २८, झम्सीखेल २७, शंखमुल २७, न्यूरोड काठमाडौं २७, कालिमाटी २६, टाँडी २३, मैतिदेवी २१, कुमारीपाटी १९, इटहरी १९, परासी १८, महेन्द्रनगर १५ र रुपनी १५ गरी कुल १०२८ (एक हजार अठ्ठाइस) पिन्ट रगत संकलन गरेको हो । स्वास्थ्य क्षेत्रमा अभावका रुपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले २८ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट थप विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु आउदा दिनहरुमा पनि प्रभाकारी रुपले निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ । २८औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

काबेली ३ जलविद्युत आयोजनामा लगानी जुट्यो, एनएमबिको अगुवाइमा ३ अर्ब बढी लगानी हुने

काठमाडौं । २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजना निर्माणको लागि एनएमबि बैंकको अगुवाइमा ३ अर्ब बढी लगानी जुटेको हो । सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ छ । जसमध्ये बैकहरुको ३ अर्ब २१ करोड ३० लाख रुपैयाँ ऋण लगानी छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह-वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ । यो आयोजना समेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।