नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच वित्तीय कारोवारहरु गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त समझदारी पश्चात विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन् । नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको ड्राईभरटोलमा

काठमाडाैं । गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको छ । ‘एक्सेस टु अल’ मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले नयाँ शाखा संचालनमा ल्याएकाे हाे । गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

५२ लाखमा ५ गाडी बेच्दै राष्ट्र बैंक, कुनको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा गाडी सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले पूराना सवारी साधनहरु सिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने सम्बन्धी सुचना जारी गर्दै पाँच वटा गाडी बिक्री गर्ने बताएको हो । राष्ट्र बैंकले पाँच वटा पुराना गाडीको मूल्य ५१ लाख ९४ हजार रुपैयाँ तोकेको छ । ‘राष्ट्र बैंकको स्वामित्वमा रहेका देहाय बमोजिमका पूराना सवारी साधनहरुजे जस्तो अवस्थामा छन्, सोही अवस्थामा लिलाम बिक्री गनूपर्ने भएकोले इच्छुक व्यक्ति वा फर्म/कम्पनीहरुबाट यो सुचना प्रकाशित भएको मितिले १५औं दिन भित्र बोलपत्र फारम खरिद गरी १६ औं दिनको १२ बजेभित्र (उक्त दिन बिदा परेमा कार्यालय खूलेको पहिलो दिन) देहायका शर्तहरुको अधिनमा रही सिलबन्दी बोलपत्र पेश गर्न यो सुचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ । राष्ट्र बैंकले स्वराजमज्दा बसको मूल्य ५ लाख ७० हजार, महेन्द्रा स्कारपियो पीकअपको ९ लाख ७० हजार, महेन्द्रा स्कारपियो जीपको १२ लाख १८ हजार र दुई वटा सेभ्रोलेट जीपको २४ लाख ४२ हजार रुपैयाँ न्यूनतम लिालम मूल्य तोकेको छ ।